गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा बहु सांस्कृतिक संग्रहालयहरुको अवलोकन

आलोक भावुक

गढवा, २८ माघ। गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ परिचोकमा स्थित गढवा बहु सांस्कृतिक संग्रहालयहरुको आइतबार अवलोकन गरिएको छ।

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले पौष २७ गते गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल द्वारा उद्घाटन गरिएको गढवा बहु सांस्कृतिक संग्रहालय अवलोकन गर्ने विद्यालयहरुको पहिलो रोजाई बनेको छ।

गढवा बहु सांस्कृतिक संग्रहालयमा पञ्चैबाजा, नौमती बाजा लगाएताका लोपोन्मुख कला संस्कृति झल्किने बाजाहरुको संग्रहालय स्थापना गरिएको छ।

लोपोन्मुख पञ्चैबाजा, कला संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले गढवा बहु सांस्कृतिक संग्रहालयको स्थापना गरेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापाले जानकारी दिनु भयो।

हाम्रो मौलिक कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रवर्द्धन गर्न नसके आउने पुस्ताले त्यसको बारेमा जानकार नहुने बताउदै मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्ने उद्देश्य सहित गढवा पन्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले लोपोन्मुख बाजाहरुको संग्रहालय स्थापना गरेको अध्यक्ष थापाले बताउनुभयो।

 

हाम्रो लोपोन्मुख कला संस्कृतिलाई बचाउनु सबैको दायित्व भएकोले कला, संस्कृति, भेषभुसा हाम्रो ठुलो सम्पत्ति भएकोले संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका कोषाध्यक्ष रेशम बहादुर शाहीले जानकारी दिनुभयो।

 

गोर्खा मोडल सेकेन्डरी स्कुल लमही कक्षा ५ मा अध्ययनरत १ सय २५ जना विद्यार्थीहरुले गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र द्वारा स्थापना भएको गढवा बहु सांस्कृतिक संग्रहालयको अवलोकन गरेका हुन् । कितावमा पञ्चैबाजा, नौमती बाजा संग सम्बन्धीत पाठ अध्ययन गरेर मात्र पुर्ण नहुने भन्दै थप ज्ञानका लागि संग्रहालय अवलोकनको कार्यक्रम तय गरिएको गोरखा मोडल सेकेन्डरी स्कुलकी शिक्षिका दिप्ति शर्माले जानकारी दिनुभयो।

बाद्यबादनका सामाग्रीहरुको बारेम थप जानकारी गराउने उद्देश्यले विद्यार्थीहरुलाई संग्रहालय ल्याइएको शिक्षिका शर्माले बताउनुभयो। कितावबाट मात्र पढाउदा सबै विद्यार्थीहरुलाई सबै बाजाको बारेमा बुझाउन कठिन हुन्छ तल यहाँ लिएर आउदा बच्चाहरुले आफ्नै आखाले नाम सहित हेर्न पाउदा स्पष्ट हुन्छ हाम्रो उद्देश्यपनि यही हो शिक्षिका शर्माले बताउनुभयो।

लोपोन्मुख पञ्चैबाजा सहितको अन्य दर्जनौ बाजाहरु हेर्न, छुन र बजाउदा पाउदा निकै हर्षित भएका थिए।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID