जनयुद्ध दिवसको अवसरमा राप्तीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै

गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २८ माघ।नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २९ औं जनयुद्ध दिवसको अवसरमा प्रथम खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गाउँ कमिटीले जनयुद्ध दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको कमिटीका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो।

अध्यक्ष शर्माका अनुसार फागुन १ गते देखि उक्त खेलकुद प्रतियोगिता शुरु हुने भएको छ।फुटबल प्रतियोगिता फिफाकाे नियम अनुसार सञ्चालन हुने बताइएको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार र द्वितीय हुने टिमलाई १२ हजार रुपैयाँका नगद सहित मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिने कमिटीका सचिव बसन्त नेपालीले जानकारी दिनुभयो।

सचिव नेपालीका अनुसार टिम दर्ता गर्न १ हजार रुपैयाँ शुल्क लाग्ने छ।

उक्त प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २७ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ।

टिम दर्ता गर्नका लागि कमिटीका काेषाध्यक्ष जगत बहादुर थापा लाई ९८४८७४२७७७,९८२२४८४२६१ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID