दुर्गा आधारभूत बिद्यालय मनिकापुरको ३५औ बार्षिकोत्सव सम्पन्न

आलोक भावुक

गढवा, १८ माघ। दुर्गा आधारभूत बिद्यालय गढवा- ६ मनिकापुरको ३५ औ बार्षिकोत्सव बिहिवार मनिकापुरमा सम्पन्न भएको छ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल रानाको सभापतित्व तथा गढवा गाउंपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रलको प्रमुख आथित्य तथा ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।वार्षिकोत्सवको समुद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनरयण शर्मा पोख्रेलले गर्नु भएको हो ।

वार्षिक उत्सवमा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षामा बदलाव ल्याउन आवश्यक रहेको बताउनु भएको छ। पहिले जस्तो किताव घोकन्ते पढाइ पद्धतिले विद्यार्थीहरूको क्षमतामा सुधार नहुने भन्दै शिक्षा सुधारमूलक र गुणस्तरीय हुनु पर्ने बताउनुभयो । शिक्षामा गुणस्तर सुधारका लागि गढवा गाउँपालिकाले अथक प्रयास गरिरहेको बताउदै अध्यक्ष पोख्रेलले शिक्षामा सुधारका लागि शिक्षक, अभिभावक, शिक्षक अभिभावक संघ, विद्यालयका व्यवस्थापन समिति सबैको साथ, सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो। मनिकापुर आधारभूत विद्यालयमा विद्यार्थीको संख्या पनि सन्तोष जनकरहेकोले भौतिक पूर्वाधार लगाएतका अन्य समस्या पालिकाले सम्बोधन गर्ने बताउदै सम्पूर्ण शिक्षकहरु उपलब्धि मुलक गुणस्तरी शिक्षामा लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक स्वामीदयाल यादवले विद्यालयको समस्या, प्रगति र सुधार गर्ने बिषयबस्तुको बारेमा जानकारी गराउनु भएको थियो। विद्यालयको वार्षिक उत्सवमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो।

वार्षिक उत्सव कार्यक्रममा बोल्ने विद्यालयका पूर्व विव्यसका अध्यक्षहरुले ५/५ रुपैयाँ चन्दा सहयोग रकम उठाएर सञ्चालन गरेको बिद्यालयले ३५ औ वार्षिकोत्सव मनाइरहँदा आफुहरु हर्षित भएको बताउनुभयो ।

वार्षिक उत्सवको अवसरमा बिद्यालयका संस्थापक बिब्यस अध्यक्ष उमाकान्त पन्त,वडा सदस्य तथा गाउँशिक्षा समितिका सदस्य दिनमणि आचार्य,पुर्व प्रअ चन्द्रराज पाण्डे,शिक्षा बिज्ञ कमल सिलवाल,जनता माबि गढवाका पूर्व बिब्यस अध्यक्ष तथा दुर्गा आधारभूतका पुर्व प्रअ रेशम बिसी,भ्याली पब्लिक बोर्डिङ गढवाका प्रिन्सीपल रोशन धिताल, वालकल्याण आधारभूत बिद्यालयका अध्यक्ष हुमाकान्त सुवेदी र शुभतारा माबि गढवाका सहायक प्रिन्सीपल मधुबाबु थापा तथा शिक्षाप्रेमी बुद्धिजिवी जितबहादुर आले लगायतले बिद्यालयको शैक्षिक तथा भौतिक उन्नतिको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

विद्यालयले पहिलो पटक वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा विद्यालयले कक्षा १ देखी ८ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ। बिद्यालयका संस्थापक तथा पुर्व अध्यक्षहरु, पुर्व प्रअहरु, बिव्यसका पदाधिकारीहरु र बार्षिकोत्सव समारोहलाई आर्थीक सहयोग गर्नुहुने सहयोगदाताहरु तथा पुरस्कार सौजन्कर्ताहरु गरि दर्जनौ ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जलजला सांस्कृतिक संरक्षण केन्द्र गढवा ६ मनिकापुरको मयूर नाच समेत प्रस्तुत गरिएको थियो। विद्यालयका शिक्षक जमुना पौडेलले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक बिष्णु प्रसाद पोख्रेलले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID