गढवा गाउँपालिका स्तरीय परीयोजना सञ्चालन तथा व्यवस्थापन समितिको बैठक सम्पन्न 

आलोक भावुक

गढवा, १७ माघ। गढवा गाउँपालिका स्तरीय परीयोजना सञ्चालन तथा व्यवस्थापन समितिको बैठक आज गढवामा सम्पन्न भएको छ।

गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल बिच कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना सञ्चालनका लागि भएको सम्झौता अनुसार उक्त परियोजना सञ्चालनका लागि गढवा गाउँपालिका साझेदारी सञ्चालन कार्यविधि अनुसार गठित परीयोजना सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बुधबार गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा बसी सम्पन्न भएको छ ।

हाल सम्म परियोजना क्षेत्रमा गठन भएका समूहहरुलाई मध्ये ५१ वटा समूहहरुले मासिकरुपमा टोल सरसफाई गरिरहेको भिटा परियोजना संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो। यो त्यसैगरी २ वटा समूहले तालिम पश्चात तालिममा निर्माण गरेको योजना अनुसार २ जना बालवालिकालाई उपहार प्रदान गरेका छन्। गढवा गाउँपालिका बाट उपहार गरेका २ सय २० बाख्राबाट ५५ पाठा र ४३ पाठी गरी ९८ वटा जन्मिएका छन्। त्यसैगरी हाल सम्म ९३ वटा बोका वितरण गरिएको संयोजक शर्माले बताउनुभयो।

सम्पन्न बैठकले परियोजना लाई प्राप्त पहिलो किस्ता मार्फत सम्पन्न क्रियाकलापहरुको समिक्षा गरिएको छ ।साथै सम्पन्न कार्यक्रमहरुको खर्च सार्वजनीकरण तथा अनुमोदन लगाएतको प्रस्तावहरु माथी छलफल भएको थियो।

बैठकमा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरु, सम्बन्धित शाखाका शाखा प्रमुखहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID