सदनमा प्रवक्ता श्रेष्ठको दाबी–७६ (५) मा (२) आकर्षित हुने भए अलग्गै धारा किन राख्नुपर्थ्यो ?

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २१ असार 

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन सांसदहरू स्वतन्त्र रहेको दाबी गरेका छन् । उपधारा ५ मा २ आकर्षित हुने भए छुट्टै धारा किन राख्नुपर्थ्यो भनेर उनले प्रश्न गरेका छन् ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा माओवादी नेता श्रेष्ठले संविधानको स्पिरिट धारा ७६ (५) मा सांसद स्वतन्त्र रहने नै भएको दाबी गरे । श्रेष्ठले आफूहरू विगतमा जस्तै सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापित हुनेमा विश्वस्त रहेको बताए ।

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलन मास्न लागिपरेको आरोप लगाए । उनले आफूहरू प्रतिनिधि सभाको कार्यकाल पूरा गरेपछि हुने चुनावका लागि प्रतिष्पर्धा गर्न तयार रहेको बताए । श्रेष्ठले प्रतिनिधि सभा नरहेको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन तत्कालै अन्त्य गर्नेतर्फ नसोच्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

मा प्रकाशित