गढवा, १६ माघ। सर्पदंश उपचार केन्द्र गढवाको बैठक आइतबार गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सर्पदंश उपचार केन्द्र गढवामा कार्यरत नेपाली सेना रणसिंहदल गण अन्तर्गतका प्राविधिक स्वास्थ्य कर्मचारीहरुलाई सम्मान गरेको ।
साथै सम्पन्न बैठकले सर्पदंश र बिषालु सर्पको बारेमा गढवा गाउँपालिकाका बिभिन्न विद्यालय तथा वडाहरुमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सर्पदंश र बिषालु सर्पको बारेमा गढवा गाउँपालिकाका बिभिन्न विध्यालय तथा वडाहरुमा जनचेतनामुलक कार्यक्रमहरु गरी सर्पदंश उपचार केन्द्र गढवा, विषालु सर्प, सर्पले डसेमा के गर्ने ? कहाँ जाने? प्रथामिक उपचार गर्ने कि नगर्ने यावत बिषयमा पालिकाबासी बिशेष गरी विध्यालयहरुमा सहज हुने भएकोले जनचेतनामुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
बैठकमा जनप्रतिनिधि, गढवा गाउँपालिका स्वास्थ्य शाखाका प्रतिनिधि, सर्पदंश उपचार केन्द्रका कर्मचारी, सर्पदंश उपचार केन्द्र गढवामा कार्यरत नेपाली सेना रणसिंहदल गण अन्तर्गतका प्राविधिक स्वास्थ्य कर्मचारीहरुलाई लगायतकाको सहभागिता रहेको थियो ।