चुनढुंगा बोकेको टिप्पर बजारबाट नचल्ने, नियमभन्दा धेरै सामान बोकेमा कारबाही

टिप्पर चलाउने पहुँचमार्ग निर्माण गरी दीर्घकालीन समस्याको समाधान खोज्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

गणतन्त्रनेपाल समाचारदाता

घोराही, माघ १४ । प्रमुख जिल्ला अधिकारी रामवन्धु सवेदीले सिमेन्ट उद्योगहरुमा खानीबाट सञ्चालन हुने टिप्परहरुको विषयमा सधैभरी बिबाद भैरहेकाले यसको दिर्घकालिन समस्याको समाधान निकाल्न सिमेन्ट उद्योग स्थापना गर्दा सरकारसँग पहुँच मार्ग निर्माण गर्नका लागि गरिएको सहमति अनुसार अगाडी बढ्न उद्योग सञ्चालकहरुलाई निर्देशन दिनुभएको छ ।

आइतबार बजार क्षेत्रबाट चुनढुंगा खानीबाट सामान बोकेर आउने टिप्परहरु बजार क्षेत्रबाट सञ्चालन हुन सुरु गरेपछि आन्दोलित घोराहीको नयाँ बजार, लखनपार्क, मिलनचोकलगायतका स्थानमा रहेका टोल विकास संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, टिप्पर व्यवसायी, सिमेन्ट उद्योगका प्रतिनिधि, सरोकारवाला निकायहरुबीचको छलफल पछि निष्कर्ष सुनाउँदै प्रमुख जिल्ला अधिकारी सुवेदीले अबदेखि बजार क्षेत्रबाट चुनढुंगा बोकेका टिप्परहरु सञ्चालन नुहने र यस विषयमा दिर्घकालिन समस्याको समाधान खोज्न उद्योगसँग सुरुमा पहुँच मार्ग निर्माण गर्ने सवालमा सरकारसँग भएको सहमति अध्ययन गरेर जानका लागि घोराही उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम शर्मालाई यस विषयमा नेतृत्व लिन मौखिकरुपमा विशेष जिम्मेवारी समेत दिनुभयो ।

यसैगरी हाल टिप्पर हिँडिरहेको सडकबाट नै टिप्पर सञ्चालन गरिने, उक्त सडकमा निर्माण हुन लागेको कालोपत्रेको कार्य केही समयपछि गरिने, टिप्परले पनि नियम अनुसारनै चुनढुंगा बोक्नुपर्ने, यसको निगरानी अबदेखि प्रहरी, ट्राफिकले गर्ने, स्थानीयबासीले समेत यस विषयमा जानकारी प्रहरी प्रशासनले दिन प्रमुख जिल्ला अधिकारी सुवेदीले निर्देशनसहित अनुरोध गर्नुभयो । छलफलमा सहभागि घोराही उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम शर्माले यस विषयमा तत्कालिन, अल्पकालिन र दिर्घकालिन समस्याको समाधान गर्न घोराही उपमहानगरले छिटै नै गृहकार्य सुरु गर्ने बताउनुभयो । छलफलमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसी, घोराही १३ का अध्यक्ष डुल्लुराम पोख्रेल, १४ का अध्यक्ष भानसिं बुढा, घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, स्वर्गद्धारी टिप्पर व्यवसायी समितिका अध्यक्ष भरतनाथ योगी, विभिन्न टोल विकास संस्थाबाट सहभागि प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

छलफलमा हाल टिप्पर हिँडी रहेको बाटोमा कालोपत्रे गर्नेक्रममा केही छर्रि बिछाएर नोक्सान भएमा उक्त छर्रि आफूहरुले निशुःल्करुपमा ढुवानी गरिदिने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

मा प्रकाशित