मदिराले धुत भएर विद्यार्थीसँग यौन प्यास बुझाउन खोज्ने शिक्षक पक्राउ

आलोक भावुक

सर्लाही, १३ माघ । मदिराले धुत भएपछि विद्यार्थीसँग यौन प्यास वुझाउन खोज्दा सर्लाहीको हरिवनका एक शिक्षक पक्राउ परेका छन्।

आफ्नै विद्यालयमा अध्यनरत १४ वर्षीया एक छात्रालाई उनकै घरमा पुगेर बलात्कार गर्न खोजेको आरोपमा हरिवन नगरपालिका–११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन्।

कार्कीले हरिवन नगरपालिका–१०, सुखेपोखरीस्थित मोडल युरिका एकेडेमीमा शिक्षक हुन। उनले गत बुधबार मदिरा सेवन गरी बालिकालाई बलात्कार गर्ने प्र्रयास गरेको प्रहरीले जनाएको छ। भान्साको काम गरिरहेका बेला घरमै पुगेर उनले बलात्कार गर्न खोजेपछि बालिकाले प्रतिकार गरेकी थिईन। त्यसपछि उनी भागेका थिए।

बालिकाको परिवारले घटनाबारे प्रहरीमा जाहेरी दिए लगत्त्रै कार्कीलाई पक्राउ गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरीले बताए।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID