सिपि नेपालको आयोजनामा पाचौं महिला फुटबल प्रतियोगिता सम्पन्न 

आलोक भावुक

गढवा, १३ माघ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा पाचौं महिला फुटबल प्रतियोगिता २०८० को सनिवार गढवामा समापन गरिएको छ । कति बस्छौ चुला चौकामा आउ बाहिर रमाउ खेलमा भन्ने मुल नाराका साथ क्रियटिङ पोसिबिलिटिज नेपालले आयोजना गरेको माघ ११ गतेदेखि १३गतेसम्मको विभिन्न प्रतियोगिताहरुको सनिवार समापन गरिएको छ ।तिनदिने माघ कार्यक्रममा फुटबल, कुर्सीदौड, रिले दौड, दौड र ५२ जना महिला तथा विध्यार्थीहरुलाई निशुल्क साईकल वितरण कार्यक्रममा समाबेस गरिएको थियो। कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर – बजार स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको छ।

माघ ११ गते देखि सन्चालन भएको पांचौ महिला फुटबल प्रतियोगिता – २०८० बिभिन्न कार्यक्रम गरि शनिवार गढवामा समापन गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालका प्रतिनिधि जुनु चौधरीकोअ ध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्य नन्द शर्माको प्रमुख आथित्यमा सम्पन्न भएको हो।

३ दिन सम्म सन्चालन रहेको कार्यक्रममा ३० जना सीमान्तकृत बिपन्न समुदायका महिला र २२ जना बिद्यार्थी गरी ५२ जनालाई साइकल बितरण,५ वटा आमा समुहलाइ प्रोत्साहन स्वरुप १०/१० हजार नगद र गढवा, राप्ती र राजपुरका तिन ओटै गाउँपालिका भित्र बसोबास गर्दै आईरहेका थारु समुदायका शिक्षा क्षेत्र र खेलकुद क्षेत्रमा समाजलाई योगदान दिनु भएका ६ जना महिलाहरुलाई नगद सहित सम्मान गरिएको छ। सम्मानित हुनेमा गढवाका पल्पी चौधरी खेलकुद क्षेत्र र माया चौधरी शिक्षा क्षेत्र, त्यसैगरी राजपुर गाउँपालिकाबाट मनिता चौधरी खेलकुद र शसीकला चौधरी शिक्षा क्षेत्र त्यसैगरी राप्ती गाउँपालिकाबाट रामपति चौधरी शिक्षा क्षेत्र र मनिता चौधरी शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै नगद र प्रमाणपत्र सहित सम्मान गरिएको सिपि नेपाल महिला सशक्तिकरण संयोजक सरीता चौधरीले जानकारी दिनु भयो। तिन वटै गाउँपालिका भित्र बसोबास गर्दै आईरहेका थारु समुदायको शिक्षा क्षेत्र र खेलकुद क्षेत्रमा समाजलाई योगदान दिनु भएका ६ जना महिलाहरुलाई सम्मान गरिएको संयोजक चौधरीले बताउनुभयो।

समापन कार्यक्रममा ५ वटा आमा समुहलाई दश हजारको दरले प्रोत्साहान स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार प्राप्त गर्नेहरुमा राप्ती ६ मझेरियाका दुर्गा आमा समुह र लक्ष्मी आमा समुह रहेका छन् भने गढवा ७ का हिम चुली आमा समुह, गढवा ६ का नव जोति आमा समुह र प्रेरणा आमा समुह रहेका छन्।

२०६४ साल देखि गढवामा र हाल राप्ती तथा राजपुर गाउपालिकामा बालबालिका युवा तथा महिलाकोको लागि शिक्षा स्वास्थ्य र सामाजिक चेतना र शसक्तिकरणको क्षेत्रमा काम गर्दै आएको सिपि नेपालको नियमित कार्यक्रम अन्तर्गत थारु समुदायको महान पर्व माघिको अवसरमा महिला युवा तथा बालबालिकाको शसक्तिकरणको लागि गर्दै आइरहेको बिभिन्न कार्यम्रममध्ये महिला फुटबल प्रतियोगिता,दौड,कुर्सि दौड,रिले दौड,तथा साइकल बितरण गरी कार्यक्रमको समापन गरिए सिपि नेपालका विध्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनुभयो।

कार्यक्रममा गढवा गाउपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी,राजपुर गाउपालिकाका उपाध्यक्ष धनपति यादव,राप्ती गाउंपालिकाका उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउपालिका वडा नं ५ का अध्यक्ष लेख बहादुर थापा,वडा नं ६ का वडा अध्यक्ष बिर बहादुर आले,सिपि नेपालका निर्देशक दिनेश राज सापकोटा, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक,जिल्ला समन्वय समितिका प्रेस संयोजक खेम राज रिजाल,गढवा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने ,जनता मावि गढवाका प्रधानाध्यापक राम सुरत यादव लगायतले शुभकामना मनत्व्य ब्यक्त गर्नु भएको थियो ।

क्रियटिङ पोसिबिलिटिज नेपालका विद्यार्थी सशक्तिकरण संयोजक दिपा चौधरीको स्वागत मनत्व्य बाट शुरु भएको कार्यक्रमको सन्चालन क्रियटिङ पोसिबिलिटिज नेपालका महिला सशक्तिकरण संयोजक सरीता चौधरीले गर्नु भएको थियो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID