गढवाको चन्दनपुर र परसियामा निशुल्क आँखा चेकजाँच कार्यक्रम

२ सय ५१ जनाको आँखा चेकजाँच, ३९ जना मोतिबिन्दु भएका बिरामीहरूको पहिचान

आलोक भावुक

गढवा, ६ माघ । गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुर र वडा नम्बर ५ परसियामा निशुल्क आँखा चेकजाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ।

नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालद्वारा सञ्चालित एकिकृत आँखा उपचार केन्द्रले राजपुर २ द्धारा गढवा –७ चन्दनपुरमा र एकिकृत आँखा उपचार केन्द्र गढवा-३ गोबरडियाद्वारा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ।


चन्दनपुरमा निशुल्क आँखा चेकजाँच कार्यक्रममा कुल १ सय ७६ जनाको आँखा चेकजाँच गरिएको छ।
चेकजाँचका क्रममा २४ जना मोतियाविन्दुका विरामीहरू फेला परेको एकिकृत आँखा उपचार केन्द्र राजपुर २ मटेरियाका प्रमुख आर्जु खनालले जानकारी दिनु भयाे ।

त्यसैगरी एकिकृत आँखा उपचार केन्द्र गढवा-३ गोबरडियाद्वारा नि:शुल्क आँखा जाँच कार्यक्रममा
७५ जनाको आँखा चेकजाँच गरिएको छ । जसमध्ये १५ जना मोतियाबिन्दु र ४ जना मासु पलाएको बिरामी भेटिएको एकिकृत आँखा जाँच केन्द्र गोबरडिहाका प्रमुख शीतल चौधरीले जानकारी दिनुभयो।


मोतियाबिन्दु भएका बिरामीहरूको लमही आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको एकिकृत आँखा उपचार केन्द्र राजपुर २ मटेरियाका प्रमुख आर्जु खनालले जानकारी दिनु भयाे ।
चन्दनपुर र परसिया दुबै ठाउँका मोतिबिन्दु भएका बिरामीहरूले सम्बन्धित वडा कार्यालयको सिफारिस र नागरिक्ताको फोटो कपी सहित आए दुई हजार रुपैयाँ छुट हुने बताईएको छ।

मा प्रकाशित