घोराहीको नवलपुर खेलमैदानमा मंगलबार मैत्रीपूर्ण महिला खेलकूद प्रतियोगिता हुँदै

गणतन्त्रनेपाल समाचारदाता

घोराही माघ २ । घोराही बनाऔं अभियानले महिलाहरुका लागि आयोजना गर्न लागि रहेको मैत्रीपूर्ण महिला खेलकूद प्रतियोगिता–२०८० को तयारी व्यापक पारिएको छ । प्रतियोगितामा राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, पेशाकर्मी, व्यवसायी महिलाहरुको सहभागिता रहनेछ ।

घोराही–१८ नवलपुरको खेलमैदानमा हुन लागि रहेका प्रतियोगितामा फुलबल, घैटाफोड, तालो आलुलगायतका खेलहरु हुने अभियानका संयोजक सविन प्रियासनले जानकारी दिनुभयो । प्रतियोगिता अगाडी नवलपुर खेलमैदानको सरफाई समेत गरिनेछ । हाल उक्त मैदानमा मेयरकप फुटवल प्रतियोगिता भैरहेको छ ।

मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा सहभागिताका लागि आयोजकले सबैसँग अनुरोध गरेको छ । प्रतियोगितामा सबैजना सहभागि हुन पाउनेछन्, यसलाई व्यवस्थित गर्नका लागि इच्छुकहरुले निम्त व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने आयोजकको भनाइँछ ।

साजीदा सिद्दिकी (९८५७८३०२८२),

साबित्रा राना (९८४७८५८५३५),

सरिता देबकोटा (९८४७८४६९५६),

जुनु बुढा मगर (९८५७८३२२४५),

सुलोचना पोख्रेल (९८४७८२६३३९),

बसुन्धरा गौतम (९८४७८२६३२५),

दिलु मल्ल (९८५७८७३७६८),

रञ्जिता शर्मा (९८४७८३१०६१),

भिमा डिसी (९८४४९०६८४७),

हिमानी डिसी (९८६४७१७२१९)

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID