स्वस्थ जिवनको लागि योग अपरिहार्य : गाउँपालिका अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, १ माघ। स्वस्थ जिवन यापनको लागि योग अपरिहार्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ ।

योग पतञ्जली समिति गढवाले आयोजना गरेको नवौं राष्ट्रिय योग दिवशको कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष पोख्रेल सो कुरा बताउनुभएको हो।

सहज र स्वस्थ जिवन यापनको लागि योगसाधना महत्वपूर्ण भएको बताउदै गढवा गाउँपालिकामा योग पतञ्जली समितिको भवन निर्माणका लागि पहल प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

गढवा पतञ्जली योग समितिले सुरु गरेको योग साधना लाई गाउँपालिकाले संरक्षण र बिकाश गर्ने बताउनु भयो । पतञ्जली योग समितिको भवन-निर्माण र आवश्यक बजेट बारे गाउँकार्यपालिकामा छलफल गर्ने बताउनु भयो।

त्यसैगरी नवौं योग दिवशको अवसरमा भएको कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले योग साधनालाई अभियानकै रुपमा बढाउनुपर्ने बताउनुभयो । गढवा गाउँपालिका र विभिन्न वडा वडामा पतञ्जली योग समिति गठन गर्नु पर्ने बताउदै गढवा गाउँपालिकामा पतञ्जली योग समितिको भवन निर्माण बारे आफ्नो ध्यानाकर्षण भएको बताउदै सबैको सहमतिमा पालिकाको ५ नम्बर वडामा भवन निर्माणको लागि तयार रहेको बताउनुभयो।

त्यसैगरी ६ नम्बर वडाध्यक्ष बिर बहादुर आलेले योगबाट स्वास्थ्य जिवन र आयु लम्बिने बताउदै योगलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । किसानलाई योगको बारेमा त्यति जानकारी नभएकोले गाउं गाउंमा योग साधनालाई बढाउदै र प्रचारप्रसार गर्दै लैजानु पर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा पतञ्जली योग समितिका अध्यक्ष राम नरेश यादवले एक बर्षको अन्तरालमा कम्मरमा पेकी बाधेर हिड्ने, थाईराईडको नियमित औषधी सेवन गर्ने व्यक्तित्वहरु ठिक भएको ज्वलन्त उदाहरण भएको बताउनुभयो। एक बर्षमा योग गरेर कम्मरमा पेटी बांध्ने र नियमित थाईराईडको औषधी सेवन गर्ने छुटकारा पाउनु भयो भने हामी नियमित योग गरे परिणाम के हुन्छ मनन् गर्ने बिषय भएको बताउनुभयो।

गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकन्त पन्त, सामाजिक व्यक्तित्व राम प्रसाद गैरे, पतञ्जली योग समिति दाङका अध्यक्ष तथा योग गुरु साहाना श्रेष्ठ,रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव लगाएतकाले बोल्नु भएको थियो ।”गरौ योग रहौ निरोग”भन्ने मुल नाराका साथ नबौ राष्ट्रिय योग दिवश मनाईएको हो।

पतञ्जली योग समिति गढवाका अध्यक्ष राम नरेश यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य सम्पन्न भएको हो ।

राधा गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा पतञ्जली समितिका सचिव शिवराज पन्थीले गर्नुभएको थियो।

मा प्रकाशित