जलवायु उत्थानशिल विपद् जोखिम न्यूनीकरण योजना निर्माण सम्बन्धी गढवामा गोष्ठी

आलोक भावुक

गढवा, २९ पौष । जलवायु उत्थानशिल विपद् जोखिम न्यूनीकरण योजना निर्माण सम्बन्धी एक दिने गोष्ठी आइतबार गढवामा सम्पन्न भएको छ।

गोष्ठीमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पिपद व्यवस्थापनका लागी पुर्व तयारी आवश्यक रहेको बताउनुभयो । बिपदको राहत उद्दारको प्रयाप्त सामाग्रीहरु स्टक राख्नु पर्ने बताउदै अध्यक्ष पोख्रेलले बिपद बाट बच्न पालिका मात्र नभई वडा वडाबाट सतप्रतिशत तयारी गर्नु पर्ने बताउनुभयो र त्यसको लागि सम्पूर्ण तयारी भएको बताउनुभयो।

गोष्ठीमा हाल सम्म भएका महामारीको जोखिम बिश्लेषण, हावाहुरीको जोखिम बिश्लेषण, तुसारो/पालाको जोखिम बिश्लेषण, सर्पदंश जोखिम बिश्लेषण, बन्यजन्तुको जोखिम बिश्लेषण,सडक दुर्घटना, नदीमा ढुब्ने तथा रुखबाट लड्नेको जोखिम बिश्लेषण, बाढी, पहिरो, भुकम्प जोखिम बिश्लेषण लगायतका बिषयमा हाल सम्मको अवस्थाको बारेमा युनिसेफका विकिरण गौतमले सहजीकरण गर्नु भएको थियो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको गोष्ठीमा गढवा गाउँपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो। गढवा गाउँपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा गोष्ठी सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन रोजगार शाखाका सत्यपाल यादवले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID