गढवा, २९ पौष। गढवामा निर्माण भैरहेको बहुउद्देश्यीय कभर्डहलको शुक्रबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले निरिक्षक गर्नु भएको छ।
गाँउपालिका अध्यक्ष पोख्रेलले एक बर्ष मिति २०७९ पौष ९ गते पहिलो मैत्रिपुर्ण व्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कभर्डहल बनाउने प्रतिबद्धता गर्नु भएको थियो।
एक बर्ष पहिले बोलेको बोली पुरा भएको छ। गढवा गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा गढवा कभर्डहलको लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो।
पालिकामा खेल क्षेत्रको विकास गर्न कभर्डहल अतिआवश्यक रहेकाले निर्माणमा सहयोग गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । “कभर्डहल अभावमा अहिलेसम्म पालिकामा एउटा पनि खेलकूद गर्न सकिएको छैन अध्यक्ष पोख्रेलले भन्नुभयो, “आगामी दिनमा फुटबल र क्रिकेटबाहेक सबै किसिमको खेल खेल्न मिल्नेगरी कभर्डहल निर्माण गरिरहेका छौ ।” हलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कबड्डी, डण्डिबियो, सितोरियो कराते, तेक्वान्दोलगायतका खेलका प्रतियोगिता गर्न सकिने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
त्यसैगरी हलमा आमसभा, गोष्ठी तथा बैठकसमेत गर्न मिल्नेगरी एक हजार बढी मानिस अट्ने क्षमता रहेको छ । सो हल देउखुरीको सबैभन्दा व्यवस्थित बनाईने बताईएको छ।
गढवा बहुउद्देश्यीय कभर्डहल २८ मिटर लम्बाइ, १८ मिटर चौडाइ र १० मिटर उचाइको रहेको छ। हललाई सि. ब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. घोराही दाङ्गले निर्माण गरिररेको छ। कभर्डहलको ५० प्रतिशत कार्य सकिएको गढवा गाउँपालिका सव-इन्जिनियर चन्द्र प्रकाश वलीले जानकारी दिनुभयो।
एक बर्षको पहिले पहिलो ब्याटमिन्टन खेल प्रतियोगिता हुदाको तस्विर
आर्थिक वर्ष २०७८/०७९ सामाजिक बिकास डिभिजन कार्यालय तुलसिपुर बाट दश लाखमा सुरुवात भएता पनि बजेट अभावका कारण अलपत्र बनेको कभर्डहलको सम्पुर्ण निर्माणकार्य गाउँपालिकाले आन्तरिक बजेट बाट गर्न लागेको छ।