गढवा, २८ पौष । गढवा गाउँपालिका वडा नम्बर ६ बुद्ध टोलमा शुक्रबार बिहान करिब ११ बजेको समयमा राम बहादुर सोमईको घरमा चोरी भएको छ।
बिहान ११ बजे तिर सबै परिवार घरको छतमा बसेर सब परिवार बसेर खाना खान बसेको र केही समयपछी तल कोठामा आएर हेर्दा दराज खुल्ला र कपडाहरू छितारिएको देखे पछी दराज भित्र हेर्द आठ लाख नगद र करिव तिन लाख रुपैयाँ बराबरको सुनको गहना चोरले लगिसकेको थाहा पाएको सोमईले जानकारी दिनुभयो।
शुक्रबार ईलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएको बताउनुभयो। पिडितले दिएको उजुरीको आधारमा
चोरको खोजी कार्य गरी रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भयो।
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



