भालुवाङमा नाइट बस राप्ती नदीमा खस्यो, ६ जनाको मृत्यु दर्जनौ घाइते

आलोक भावुक

दाङ २७ पौष । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ। उद्धारमा खटिएका भालुवाङका स्थानीय व्यवसायी भरतमणि न्यौपानेले ६ जनाको मृत्यु भएको बताउनु भयो।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राप्ती नदीमा खसेको स्थानीय दामोदर खनालले जानकारी दिनु भयो ।

अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको प्रतिक्रिया छ। भालुवाङको राप्ती पुलबाट बस खोलामा खसेको हो। विस्तृत विवरण आउन बाँकी छ।

 

मा प्रकाशित