शुभतारा इङ्ग्लिस बोर्डिङ गढवाले दुई दिने मन्टेश्वरी तालिम दिदैं

आलोक भावुक

गढवा, २७ पौष । दाङ देउखुरीमा रहेको शुभतारा इङ्ग्लिस बोर्डिङ गढवाले प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता हरुका लागि दुई दिने मन्टेश्वरी तालिम दुई दिई रहेको छ।

शुक्रबार देखि गढवा गाउँपालिकाभर का ११ निजि विद्यालयका ३८ जना शिक्षकहरुलाइ मण्टेश्वरि बिधिको शिक्षण तालिम दिन थालेको शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाका प्रिन्सिपल बिकाश रजौरेले जानकारी दिनुभयो।

विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले पौष २७ र २८ गते दुई दिनसम्म सञ्चालनहुने उक्त तालिममा गढवा गाउँपालिका अन्तर्गतका बालविकास केन्द्रमा कार्यरत शिक्षिकाहरु सहभागीको रुपमा रहनु भएको छ ।

दुई दिने तालिमको प्रशिक्षकमा मारिया इन्टरनेसनल मन्टेश्वरी ट्रेडिङ सेन्टर घोराही दाङका प्रवन्ध निर्देशक दिप्ती राना रहनु भएको छ । प्रवन्ध निर्देशक राना नेपालको २९ जिल्ला र भारतको केही ठाउँमा समेत प्रशिक्षकको रुपमा काम गरिसक्नु भएको जानकारी दिनु भएको छ।

स शाना बालबालिकाहरुलाई घोकन्ते भन्दा पनि सहजरुपमा व्यवहारिक शिक्षा जुन पद्धति बालबालिकाहरुले सजिवै स्वीकार गर्न सकुन त्यै अनुरुपको शिक्षा दिने बारे बिशेष प्रशिक्षण दिने प्रशिक्षक रानाले बताउनुभयो। बाल मैत्री वातावरण सिर्जना कसरी गर्ने बारे जानकारी गराउने गरी तालिम दिने प्रशिक्षक रानाले बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID