चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था गढवाको पाचौं अधिबेशन तथा १३औं साधारण सभा सम्पन्न

अध्यक्ष पदका दुई उम्मेदवार- सहमति खोज्ने प्रयास जारी

आलोक भावुक

गढवा, २७ पौष । चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्थाको ५औं अधिबेशन तथा १३औं साधारण सभा सनिवार गढवाको सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष हेमन्त चौधरीको अध्यक्षता तथा गढवा गाउंपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रलको प्रमुख आथित्य तथा संरक्षणकर्मि उमाकान्त पन्तको बिशिस्ट आथित्यमा सम्पन्न भएको हो।

साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सहकारीको माध्यमबाट रोजगारी सिर्जना गर्नु पर्ने बताउनुभयो। सहकारीहरुले बचत तथा ऋण लगानी गरेर मात्रै हुदैन उत्पादन बृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने तर्फ बिशेष ध्यान दिन र उत्पादन मुलक कार्यक्रम गर्न चाहे गढवा गाउँपालिकाबाट आफु सहयोग गर्न तयार रहेको बताउनुभयो। गढवाका सबै सहकारीहरुले बिशेष महत्व उत्पादन मुलक हुनु पर्ने बताउनुभयो ।

क्षेत्र बचत तथा ऋण सहकारी संस्थाका सचिव बोट बहादुर चौधरीले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष हुकुमराज यादवले १ करोड ९४ लाख १४ हजार ३ सय चालिस रुपैयाँ बराबरको आय व्यय प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

सम्पन्न सभाले नियमित बचतकर्ता, सबभन्दा बढी बचतकर्ता, नियमित किस्ता कर्ता र बढी शेयर कर्तालाई सम्मान समेत गरेको छ।

सहकारीको नयाँ कार्यसमितिको लागि अन्य पदमा सहमति जुटेता पनि अध्यक्ष पदमा हेमन्त चौधरी र आर डी यादवले आ-आफ्नो अडान नछाडेपछी सहमति हुन नसकेको निर्बाचन समिति संयोजक उमाकान्त पन्तले जानकारी दिनु भयो । माघ तिन गते सम्म सहमतिको लागि प्रयास गरिने सहमति हुन नसके निर्वाचन प्रक्रिया अघि बढाईने संयोजक पन्तले जानकारी दिनु भयो।

संस्थाका सदस्य रुमा अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव बोट बहादुर चौधरीले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID