
गढवा, १ पौष । गढवा गाउँपालिका र नेपाल कानून समाजद्वारा आयोजित तिनदिने कानून निर्माण गाउँपालिकाको प्रभावकारी भूमिका विषयक अभिमुखिकरण कार्यशालाको आज आइतबार समापन भएको छ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, जनप्रतिनिधिहरुको तर्फबाट ७ नम्वर वडा सदस्य रेखा थापा, कर्मचारीहरुको तर्फबाट रोजगार सेवा केन्द्रका प्रमुख अशोक कुमार यादव, नेपाल कानून समाजका पदम प्रकाश बैद्दिकले तिन दिने कानून निर्माण सम्बन्धी अभिमुखिकरण कार्यशालाको वारेमा बिचार राख्नु भएको थियो।
समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले तिन दिने अभिमुखिकरण कार्याशालामा धेरै बिषय बस्तुको बारेमा जानकारी हासिल गरेको बताउनु भयो। यस अभिमुखिकरण कार्यशाला पश्चाम गढवा गाउँपालिकाको कानून निर्माणमा थप सहयोग पुग्ने बताउनुभयो। कानून निर्माण सम्बन्धी धेरै कुराहरु सिकेको बताउनुभयो। केही नहुनु भन्दा धेरै कुरा सिक्न पाएको बताउदै उपाध्यक्ष चौधरीले तिन दिने कानूनी सचेतनामूलक कार्यक्रमले मात्र नपुग्ने भन्दै थप तालिमको आयोजना गर्ने बारे छलफल गरिने बताउनु भयो।
प्रमुख प्रशिक्षकमा नेपाल सरकारका पूर्व कानून सचिव तथा नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधव पौडेल, त्यसैगरी पूर्व न्याय परिषद सदस्य पदम बैद्दिक, नेपाल कानून समाजका अधिवक्ता तथा नेपाल कानून समाजका सदस्य मोहनलाल आचार्य र अधिवक्ता तथा नेपाल कानून समाजका सदस्य हेमन्ती न्योपाने प्रशिक्षकमा रहनु भएको छ ।
तिनहदिने कार्यशालामा गढवा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आठ वटै वडाका वडाध्यक्ष, गाउँकार्यपालिकाका सदस्यहरु, विषयगत शाखा र गढवा गाउँपालिकाका शाखाका शाखा प्रमुखहरु लगाएतकाको सहभागिता रहेको छ। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।





