
देउखुरी, ३० मंसिर । सिसहनिया उद्धोग बाणिज्य संघको नवौं वार्षिक साधारण सभा शनिवार सिसहनियामा सम्पन्न भएको छ ।
सिसाहनिया उद्धोग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीको सभाध्यक्षता र राप्ति गाउपालिकाका अध्यक्ष प्रकाश बिस्टको प्रमुख आथित्य र दाङ जिल्ला उद्धोग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको बिशिस्ट आथित्यमा उद्धोग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको साधारण सभामा बोल्ने बक्ताहरुले उद्धोगि ब्यापारीहरुको हितमा उद्धोग बाणिज्य संघ लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रममा देउखुरी उद्धोग बाणिज्य संघका उपाध्यक्ष केशव राज पोख्रेल,गढवा उद्धोग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल,सिसहनिया उद्धोग बाणिज्य संघका निबर्तमान अध्यक्ष शान्त राज भन्डारी,राप्ति उद्धोग बाणिज्य संघका रण प्रसाद सुबेदि,इप्रका सिसहनियाका फेम बहादुर राना,राप्ति चेम्बर अफ कमर्सका नेमलाल भुसाल पत्रकार अर्जुन अधिकारी ,ओम प्रकाश गुप्ता,दुख हरण यादव लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संघका सचिव मदन पोख्रेलले आर्थिक र कोषाध्यक्ष भिम बहादुर चौधरीले ५ लाख २६ हजार १ सय ९८ रुपैया २२ पैसा बराबरको आय ब्यय प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सिसहनिया उद्धोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष इश्वरी प्रसाद अधिकारीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन सचिव मदन पोख्रेलले गरेका थिए ।





