गढवा, २५ मंसिर । शिक्षामा गुणस्तर ल्याउन गढवामा रहेका सामुदायिक विध्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष लाई क्षमता विकास सहजीकरण कार्यशाला गोष्ठी सोमबार गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा विध्यालय व्यवस्थापन समिति महासंघ गढवाका संयोजक युवराज पोख्रेल, १८ वटा सामुदायिक विध्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुको सहभागिता रहेको थियो।
क्षमता विकास सहजीकरण कार्यशालामा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बुझाईमा एकरुपता कायम नभए सम्म शिक्षामा गुणस्तर नआउने बताउनुभयो। विध्यालय पठनपाठन राम्रो गर्न विध्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको महत्वपूर्ण योगदान रहेको भन्दै तालिमको आयोजना गरेको बताउनु भयो। एउटै शिक्षा निति भएर पनि कुनैमा राम्रो नतीजा कुनै खराबको कारण के ? त्यसको बारेमा शुक्ष्म तरिकाले अनुसन्धान गर्दा विध्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको मुख्य दियित्व भएको बताउनु भयो । पालिका शिक्षामा जिम्मेवार भएको बताउदै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न हर प्रयास गर्न तयार भएको जानकारी दिनुभयो।
शिक्षामा सुधार गर्दै व्यवहारिक र गुणस्तरीय शिक्षाका लागि वडा स्तरीय शिक्षा समिति गठन समेत गरिसकेको बताउदै वडाले नसक्ने कार्य पालिकामा आउने र त्यसलाई तत्काल समाधान गर्ने बताउनु भयो।
विध्यालय व्यवस्थापन समिति महासंघ गढवाका संयोजक युवराज पोख्रेलले विध्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ नितान्त समाजसेवी हुनु पर्ने बताउनुभयो । कक्षा आठको नतिजा सबैलाई झकझकाएको बताउदै बच्चाले चिठी पढ्न नजान्ने छ भने जुनसुकै जीपीए ल्याए पनि त्यसले खासै फरक नपर्ने संयोजक पोख्रेलले भन्नु भयो । जग्गा व्यवस्थापन /सूचिकृत जस्ता कार्य गाउंपालिकाको शिक्षामा भएको ठुलो उपलब्धि भएको मान्नु पर्ने बताउनुभयो।
क्षमता विकास सहजीकरण कार्यशालामा माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका शिक्षक अभिभावक संघका अध्यक्ष चित्र बहादुर रावत र दिपेन्द्र होमजुन माध्यमिक विद्यालय प्रसेनीका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम यादवले बिचार राख्नु भएको थियो।
दुई दिने कार्यशाला गोष्ठीमा प्रशिक्षकको रुपमा चेतना फाउण्डेशन नेपालका कमल सिलवाल रहनु भएको थियो । समापन कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको ।