परी कृषि सहकारी संस्था लिमिटेड गढवाको ५औं बार्षिक साधारणसभा सम्पन्न 

आलोक भावुक

गढवा, २३ मंसिर । परी कृषि सहकारी संस्था लिमिटेड गढवाको ५औं बार्षिक साधारणसभा शनिबार गढवामा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष दामोदर ढुङगानाको अध्यक्षता तथा साल्ट ट्रेडिङ कर्पोरेसन घोराही दाङका प्रमुख राम बाबु प्रसाद गुप्ताको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै साल्ट ट्रेडिङ कर्पोरेसन घोराही दाङका प्रमुख राम बाबु प्रसाद गुप्ताको प्रमुखले भरखर तातेताते हिड्न लागेका साना बालबच्चा लाई राम्रो संग हेरबिचार नगरे खाल्डोमा खस्ने डर जस्तै सहकारीहरु लाई राम्रो संग निति नियम संगत सञ्चालन नगरे दुर्घटना हुने बताउनु भयो ।केही सहकारीहरु आर्थिक संकटमा परी बन्द भएको भन्दै सहकारीहरु निति, नियम र सिद्धान्तले नचले सफल नहुने बताउनु भयो।

त्यसैगरी कार्यक्रम बोल्दै बिशिस्ट आतिथी तथा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले सहकारीको मर्म, उद्देश्य अनुसार कार्य गर्ने सहकारीमा कहिल्यै समस्या नआउने बताउनुभयो । यसको लागी सहकारीका संचालक, सदस्यहरु जिम्मेवारी हुनुपर्ने उहाँको भनाई रहेको थियो । परी कृषि सहकारी मार्फत भएका कार्यक्रमहरुले सकारात्मक सन्देश दिएको बताउनुभयो।

त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले कठिन परिस्थितिमा पनि सहकारी सञ्चालन गरी कृषक लाई मलखाद बिउबिजन दिएर उत्कृष्ट सहकारी भएको बताउनुभयो । निति नियममा सञ्चालन गरे सहकारी कहिल्यै घाटामा नजाने बताउदै अध्यक्ष गहतराजले गढवामा ४६ वटा सहकारी कृयाशिल रहेतापनि परी जस्तै कृषकलाई बिउबिजन मलखाद उपलब्ध गराउन केही मात्रै भएको बताउनुभयो।

सभामा आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव तारा ढुङगानाले सहकारीले यस बर्ष ४ लाख ६९ हजार ४ सय ८० रुपैयाँ नाफा कमाउन सफल भएको शनिबार सम्पन्न साधारणसभामा जानकारी दिनुभयो ।

२०७९/०८० को लेखा परीक्षण अनुसार संस्थाको २४ लाख २९ हजार शेयर पूँजी र २६ लाख २१ हजार ५ सय १४ रुपैयाँ ९४ पैसा बचत २२ लाख २३ हजार ४ शय ९४ रुपैयाँ लगानी रहेको छ भने ११ लाख ५७ हजार २ सय ७४ रुपैयाँ जीन्सी सामान रहेको जानकारी दिनुभयो त्यसैगरी संस्थाका सचिव ढुङगानाले सभा संचालन गर्दै हालसम्म सहकारीमा १ हजार १ सय १७ शेयर सदस्यहरु रहेको जानकारी दिनु भयो ।

संस्थाका अध्यक्ष दामोदर ढुङगानाले आर्थिक वर्ष २०८०/०८१ को योजना प्रस्तुत गर्दै जग्गा भाडामा लिई आलुको बीउ उत्पादन गर्ने, रासायनिक मलको आपूर्तिको लागि आवश्यक पहल गर्ने, कृषि जन्य सामग्रीको सहकारी पसल सञ्चालन गर्ने, संस्थागत जग्गा खरिद गर्ने, शेयर रकम अनिवार्य रुपमा थप गर्ने, बिधाध शंसोधन गर्ने संस्थाको कार्यक्षेत्र थप गरी संस्थागत बिकास गर्ने आगामी योजना प्रस्तुत गर्नुभएको थियो।

आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक देउकी चौधरीले प्रस्तुत गर्नुभएको थियो। सभामा गढवा उद्योग वाणिज्य संघका उपाध्यक्ष चिन्ता प्रसाद पोख्रेल, पौष्टिक कृषि सहकारी संस्थाका अध्यक्ष मोहन कुमार चौधरी लगायतक्ले बोल्नु भएको थियो ।

संस्थाका कोषाध्यक्ष शान्ता आचार्य जिसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन परी कृषि सहकारी संस्था लिमिटेड गढवाकी कृषि प्राविधिक ज्योति घिमिरेले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID