आर्थिक र अन्धविश्वास कारण हिंसा बढेको छ : पालिका अध्यक्ष पोख्रेल 

आलोक भावुक

गढवा, २१ मंसिर ।आर्थिक रुपले कम्जोर र अन्धविश्वासका कारण हिंसाका घटनाहरु बढिरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएका महिलाले अन्धविश्वासका कारण बोक्सीको आरोपमा प्रताडित हुनु परेको कैयन घटना रहेको बताउनुभयो। । देशमा बोक्सी तथा अलौलिक शक्तिको अस्तित्व स्वीकार गर्ने ठूलो जमात रहेको र ति जमातले बोक्सीको आरोपमा हिंसाका घटनाहरु बढाउने गरेको समेत बताउनु भयो । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार गढवाको गंगाप्रसपुरमा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रममा बोल्दै  अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो।

सचेतनामूलक कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष पोख्रेलले हिंसाको पहिचान गर्न आवश्यक रहेको बताउदै समाजमा महिला पुरुष दुबै माथी हिंसा भएको बताउनुभयो। कानुनी सचेतनामूलक कार्यक्रममा महिला पुरुषको सहभागिता आवश्यक रहेको भन्दै समाजमा रुढीवादी परम्पराका कारणमा समेत महिलामाथी हिंसा हुने गरेको बताउनु भयो । बोक्सी जस्ता अपराधीक घटनाहरुले महिलाहरु बढी हिंसाका सिकार भएको भन्दै सोचको बिरुद्ध जनचेतनामुलक कार्यक्रमहरु आवश्यक रहेको बताउनुभयो। समाजमा आर्थिक अवस्था कमजोर रहेकाहरुमाथी बिभिन्न बहानामा हिंसा भएको बताउनु भयो।

त्यसैगरी कानुनी सचेतनामूलक कार्यक्रम बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको अभियान लैङ्गिक रुपमा हुने हिंसा अन्त्य हुनु पर्ने बताउनुभयो । पितृसत्तात्मक समाजमा पुरुषभन्दा महिलाहरूकै बढी लैङ्गिक हिंसाको सिकार भइरहेको बताउदै धेरैजस्तो अवस्थामा महिलामाथि पुरुषले हिंसात्मक व्यवहार गरिरहेको हुन्छ भने कतिपय अवस्थामा महिलामाथि महिलाले नै हिंसा गरिरहेका उदाहरणहरू पनि रहेकोले त्यस्ता हिंसाविरुद्धको आवाज उठाउन आवश्यक रहेको बताउनुभयो। लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला पुरुष बालबालिका तेस्रो लिङ्गी लगाएत सबै पर्ने बताउदै त्यस्ताखाले हिंसा अन्त्यका लागि सबै जागरुक हुने पर्ने बताउनुभयो । साथै हिंसा भए उजुरीको लागि वडा कार्यालय, पालिका प्रहरी लगायतका ठाउँमा उजुरी गर्नु पर्ने सूझाव समेत दिनु भयो ।महिला हरु हिंसा गर्ने र सहने गरेको बताउदै त्यस्तो प्रवृत्तिले समाजमा झन हिंसाका घटना बढ्ने गरेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रम बोल्दै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शम्शेर थापाले पैसाको कारण कोही अन्धो हुन नपरोस भन्ने उद्देश्यले आफ्नो संस्था काम गरी रहेको बताउनु भयो। पालिका संग सहकार्य गरेर १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान नेत्र ज्योति संघ लमही आँखा अस्पताल सहभागी हुन पाउदा गौरम्बित भएको बताउदै हिंसाका घटनामा आंखा गुमाउने अथवा चोटपटक लाग्ने गरेको घटनाहरु धेरै भएको बताउनुभयो ।

कानुनी सचेतनामूलक कार्यक्रमको प्रमुख प्रशिक्षकमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वली रहनु भएको थियो । निरिक्षक वलीले प्रत्येक ३ जना महिलामा १ जनाको हिंसा पिडित र प्रत्येक ५ जनामा १ जनाको १८ वर्ष नपुग्दै गरेको डाटा प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी ४० प्रतिशत भन्दा कम महिलाहरुले महिला हिंसा विरुद्ध आवाज उठाउने गरेको र बांकी ६० प्रतिशत महिला हिंसा सहेर बसेको तथ्याङ्क रहेको जानकारी दिनुभयो।

एकदिने लैङ्गिक हिंसा सम्बन्धी कानुनी प्रावधानबारे कानुनी सचेतनामूलक कार्यक्रम गढवा ४ नम्बर वडा सदस्य कौशिल्यादेवी बिश्वकर्मा, पत्रकार आलोक भावुक, सिपि नेपालका प्रेसा चौधरी, हिमाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिता थापा, नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालका उपसभापति रेशम बहादुर खड्का, आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शम्शेर थापा, आखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी तथा पत्रकार बालाराम खड्का लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID