गढवामा वन तथा वातावरण संस्थाको साधारणसभा सम्पन्न

शिवराज पन्थी

गढवा, २० मङ्सिर । दक्षिण देउखुरीको गढवा र राजपुरमा वन, वातावरण र जैबिक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आएको वन तथा वातावरण संरक्षण समन्वय समितिको १४ बार्षिक साधारणसभा बुधवार गढवामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पुष्पा यादवको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले वन वातावरण र जैबिका विविधताको संरक्षण गर्न यस संस्थाले महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रहरुमा हुने चोरी तष्करी र शिकारी नियन्त्रण गर्न सबै सामुदायिक वन समूहहरुलाई सकृय बनाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा संरक्षणकर्मी उमाकान्त पन्त,संस्थापक सचिव तथा वन महासंघ लुम्बिनी प्रदेशका लालबहादुर भण्डारी,वन महासंघ गढवाका नवराज शर्मा,ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख नविन ओली,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक र गढवा क्याम्पसका लिखराम कुमाल लगायतले बोल्नु भएको थियो ।

सो अवसरमा वन संरक्षण र चोरी शिकारी तस्करी नियन्त्रणमा उत्कृष्ट काम गर्दै आएका केहि वन समूहहरुलाई कदर पत्र प्रदान गरिएको थियो भने संरक्षणकर्मि तथा संस्थापक अध्यक्ष उमाकान्त पन्तलाई संरक्षणको क्षेत्रमा बिशिष्ट योगदान पुर्‍याएको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थागत तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष दुखहरण यादवले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष रमेश कुमार न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको संचालन सचिव चित्रबहादुर महतराले गनुभएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID