गढवाको पचहियामा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, १९ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज मंगलवार गढवा गाउँपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका २ नम्बर वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले हिंसा समाजको रोग जस्तै भएकोले हिंसा गर्न र सहन गर्न नहुने बताउनु भयो । समाजमा महिला पुरुष दुबै माथी हिंसा हुने गरेको भन्दै हिंसाविरुद्धको आवाज उठाउन आवश्यक रहेको बताउनुभयो।

लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रमको प्रमुख प्रशिक्षकमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वली र सहायक प्रहरी निरीक्षक सिउ कुमार चौधरी रहनु भएको थियो। सचेतनामूलक कार्यक्रम गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरी, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वली, सहायक प्रहरी निरीक्षक सिउ कुमार चौधरी, वडा सदस्यहरु लगायतकाको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID