अपाङ्गता भएका व्यक्तिहरुका लागि लैङ्गिक र सामाजिक हिंसा विरुद्ध १ दिने कानूनी सचेतनामूलक कार्यक्रम

आलोक भावुक

गढवा, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुका लागि लैङ्गिक र सामाजिक हिंसा विरुद्ध १ दिने कानूनी सचेतनामूलक कार्यक्रम आइतबार गढवामा सम्पन्न भएको छ।

दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता :अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यवद्धता भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिको ३२ औ अन्तर्राष्ट्रिय दिवशको अवसरमा एक दिने लैङ्गिक र सामाजिक हिंसा विरुद्ध १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

गढवा गाउँपालिका अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले अपाङ्गता भएका व्यक्तिहरुका लागि कानुनी सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । अपाङ्गता लाई कमजोरी नमानेर हतियार रुपमा प्रयोग गर्नु पर्ने बताउदै अपाङ्गता भएका हरुलाई गढवा गाउँपालिकाले सदैव साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

एक दिने लैङ्गिक र सामाजिक हिंसा विरुद्ध १ दिने कानूनी सचेतनामूलक कार्यक्रमको प्रमुख प्रशिक्षकमा ईलाका प्रहरी कार्यालय गढवाका सहायक प्रहरी निरीक्षक सिउ कुमार चौधरी रहनु भएको थियो ।

अपाङ्गता संरक्षण समाजका अध्यक्ष भरत कुमार पन्तको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID