राप्ती गाउँपालिकामा २ सय ९९ वटा कुकुरहरुको स्थायी बन्ध्याकरण

तुल बहादुर कवँर मगर

दाङ, १७ मंसिर। दाङको राप्ती गाउँपालिकामा पालिका क्षेत्र भित्र रहेका २ सय ९९ वटा कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरिएको छ। गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भई किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पु¥याउन थालेपछि

गाउँपालिकाले शिविर नै सञ्चालन गरेर कुकुरहरुकाे बन्ध्याकरण गरेकाे गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जिवराज पाैडेलले जानकारी दिनुभयो।

शिविरमा १ सय ७९ वटा भाले र १ सय २० वडा पाेथी कुकुर गरि कुल २ सय ९९ वटा कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरिएको छ।

गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ सँगकाे सहकार्य एवम् हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)को प्राविधिक सहयोगमा बन्ध्याकरण तथा रेविज खाेप शिविर सञ्चालन गरेको थियो ।

शिविरमा कुकुरहरुकाे हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)का डाक्टर साेनिया गुरुङ , हिमासु पाेख्रेल लगायतका डाक्टर तथा पशु प्राविधिकहरुले बन्ध्याकरण गर्नु भएको थियो ।
घरमा पालेको कुकुरहरुलाई बेलाबेलामा रेविज विरुद्धको भ्याक्सिन लगाउने गरे तापनि सामुदायिक (छाडा) कुकुरहरूकाे उपचार र भ्याक्सिनेसन गर्ने काम राज्यको भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

उहाँले पशुपंक्षीहरु मध्ये कुकुर मानिसको सबै भन्दा नजिककाे साथी भएकाे र घर लगायत अन्य काममा समेत सुरक्षा प्रदान गर्ने भएकाले कुकुरहरुकाे पालिकाले उन्मुलन नभई व्यवस्थित गर्न लागेको बताउनुभयो ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले यस प्रकारको शिविर एक पटक मात्रै गरेर नहुने भन्दै पटकपटक आयोजना गर्न आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्नका लागि बन्ध्याकरण तथा रेविज खाेप शिविरले ठुलो सहयोग पुग्ने बताउनुभयो ।शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण र उपचार गरिएको थियोे।

बनध्याकरण गरिएका कुकुरहरुलाई बन्ध्याकरण गरी नियन्त्रणमा लिएकै स्थानमा लगेर छोडिएकाे छ ।शिविर मंसिर ११ गते देखि १७ गते सम्म पालिकाकाे वडा नं.४ काे गाेपीनाला स्थित पशु उपचार केन्द्रमा सञ्चालन गरिएको थियो।

शिविरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका डाक्टर प्रतिमा विष्ट,हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)का प्रमुख खगेश्वर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID