गढवा, १५ मङ्सिर। गढवा गाउँपालिका वार्ड नम्बर ३ बिद्यानगर गोबरडियामा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयमा शुक्रबार विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
व्यवस्थापन समितिको २०८० मंसिर १५ गते शुक्रबार सम्पन्न अभिभावक भेलाले समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा आशाराम चौधरीलाई सर्वसम्मत रुपमा चयन गरेको छ। सम्पन्न भेलाले चौधरी अध्यक्षतामा ९ सदस्यहरु विद्यालय व्यवस्थापन समिति चयन भएको छ। जस्को सदस्यहरुमा राधेश्याम चौधरी, कल्पना रावत, राजित चौधरी, सपना राना मगर, गोदावरी चौधरी, तुल्सी राम अधिकारी (सदस्य पदेन), सूर्य प्रकाश वर्मा सदस्य सचिव रहनु भएको छ भने गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक आमन्त्रित रहनु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरीको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र वडा नम्बर ३ का वडाअध्यक्ष तुलसीराम अधिकारीले शुभकामना दिनुभएको थियो ।
भेलामा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नवनिर्वाचित अध्यक्ष आशाराम चौधरी सहितको टिमले विद्यार्थी, शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउंदैं नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सफल हुने कुरामा आफु आशाबादी रहेको बताउदै शुभकामना समेत दिनु भयो।
साथै सम्पन्न भेलाले शिक्षा नियमावली २०५९(संशोधन सहित) को दफा ३० को उपदफा २ बमोजिम चित्र बहादुर रावत क्षेत्रीको संयोजकत्वमा १३ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ। जस्को सदस्यहरुमा आशाराम चौधरी, हरिनारायण चौधरी, देविराम डांगी, सुमन बहादुर कुमाल, मनसेनि चौधरी, सुनिता चौधरी, कमला पुन, कल्पना राना, तृष्णा हेडी मगर, हरिचन्द्र चौधरी, हरिराम यादव चयन हुनुभएको छ भने सदस्य सचिवमा विध्यालयका प्रधानाध्यापक सूर्य प्रकाश वर्मा रहनु भएको छ।