लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको गढवामा सुभारम्भ

आलोक भावुक

गढवा,९ मङ्सिर । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिका लगानी ऐक्यबद्ध भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गर्न थालिएको छ। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिदै आईएको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उहाँहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु शुभारम्भ कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, त्यस क्षेत्रमा काम गर्ने संघ संस्था, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिने बताउनु भयो।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा गढवामा रहेका सरकारी तथा गैरसरकारी विभिन्न संघसंस्थाहरुको सहयोग, समन्वय र सहकार्यमा अभियान सुरु भएको छ। अभियानमा सरकारी तथा गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा

मङ्सिर ९ गते महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गढवा गाउँपालिकाको कार्यालय बाट निकालिएको र्‍याली सर्वोदयचोक, गढवा बजारको मुख्य चोक हुँदै ईलाका प्रहरी कार्यालय गढवाको गेटमा पुगेर सभामा परिणत भएको हो ।

सभामा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि गढवा गाउँपालिका विभिन्न अभियान सञ्चालन गरिरहेको बताउदै १६ दिने अभियान सफल पार्नु पर्ने बताउनुभयो।

विभिन्न संघसंस्थाहरुको तर्फबाट बोल्दै शकुन्तला डिसीले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुका साथै हिंसामा परेका जो कोही पनि खुलेर सम्बन्धित निकायमा बोल्नु पर्ने बताउनुभयो। हिंसा गर्नु र सहनु दुबै अपराध भएको भन्दै लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकार संग संघसंस्थाकाहरु पनि सहकार्य गर्न लरबखत तयार रहेको बताउनुभयो।

त्यसैगरी कार्यक्रम शुभकामना मन्तव्य दिदै गढवा गाउँपालिका ७ नम्बर वडाका दलित महिला सदस्य कमला नेपालीले दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो।

र्‍यालीमा मुक्त कम्लहरी विकाश मञ्च, नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल, क्रियटिभ पोसिबिलिटिज नेपाल, दक्षिण देउखुरी अधिकार मञ्च, शान्ति पुनर्स्थापना गृह कोइलाबास, नेपाल इन्द्र फाउण्डेशन गढवा, गढवा उद्योग बाणिज्य संघ, इलाका प्रहरी कार्यालय गढवा, स्वान नेपाल, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवा, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, चेतनशील सहकारी संस्था, सामुदायिक स्रोत व्यवस्थापन केन्द्र, दलित शसक्तिकरण संस्था, रेडियो साझा आवाज, बन तथा वातावरण चुरे संरक्षण,गढवा होटल ब्यवसायी संघ, अपाङ्गता संरक्षण समाज, खाद्य अधिकार सञ्जाल, धानखोला कृषि सहकारी संस्था, स्वर्गद्धारी र हिमाल बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

१६ दिने अभियानको उद्घाटन कार्यक्रम गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीको बिशिस्ट आतिथ्यमा भएको हो।

७ नम्वर वडा सदस्य कमला नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाआ प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID