काठमाडौं, ३ मंसिर । विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध टस हारेर ब्याटिङ थालेको भारत दबाबमा परेको छ
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राम्रो सुरुवात गरे पनि १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएपछि भारत दबाबमा परेको हो ।
भारतको ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए ।
यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।
अहिले भारतका विराट कोहली र केएल राहुलले इनिङ सम्हाल्ने प्रयास गरिरहेका छन् ।
टस जितेर पहिला फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै अस्ट्रेलियाली कप्तान प्याट कमिन्ससहित ग्लेन म्याक्सवेल र मिचेल स्टार्क समान १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मा प्रकाशित