भाइटिकाको उत्तम साइतमा कुन दिशा फर्किएर टिका लगाउने ?

गणतन्त्रनेपाल समाचारदाता

दाङ,२९ कार्तीक । यस वर्षको भाइटिकाको उत्तम साइत विहान १० बजेर ५१ मिनेटमा रहेको छ । टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहेपनि दिनभर टिका लगाउन सकिनेछ ।

युवा ज्योतिष माधवा शर्मा पोखरेलका अनुसार आजको दिन चन्द्रमा उत्तर दिशमा रहेकाले टिका ग्रहण गर्ने व्यक्ती पश्चिम दिशा फर्कनुपर्ने बताउनुभयो । पोखरेलका अनुसार यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने बताउनुभयो ।

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

मा प्रकाशित