गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम

आलोक भावुक

गढवा, २५ कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिमको शनिबार गढवाको गोबरडियामा समापन गरिएको छ।

क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम दिईएको थियो । गढवा गाउँपालिका वडा नम्बर २,३,४ का किशोरीहरु लाई आत्मरक्षाका लागि २ दिने आत्मरक्षा तालिमको आयोजना गरेको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाका बिध्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनु भयो।

पहिलो चरणमा शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलको प्राङगणमा ५० जना र दोस्रो चरणमा सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाको प्राङगणमा ५० जना गरी एक सय जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिईएको छ ।

गढवा गाउँपालिका वडा ५,६ र ७ का ५० जना किशोरी हरुलाई आत्मरक्षा २ दिने तालिम सम्पन्न भैसकेको जानकारी दिदै संयोजक शर्माले पहिलो चरणमा ५० र दोस्रो चरणमा ५० जना गरी टोटल एक सय जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिने कार्यक्रम रहेको बताउनुभयो।

पछिल्लो समयमा किशोरीहरु माथी बलात्कार, यौवन हिंसा, उत्पिडन, छेडछाडका घटनाहरु बढ्दै गैरहेकोले आफु एक्लै हुँदा समेत किशोरीहरुले आफनो आत्मरक्षा गर्न सकुन् भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाले जनाएको छ।

सिपि नेपालको सि क्रियटिज कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका १ सय किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ ।

तालिमका प्रशिक्षक किरण पौडेलका अनुसार आत्मरक्षा तालिम पश्चात् किशोरीहरुमा आत्मबाल बढ्ने र आपत्कालीन अवस्थामा आत्मरक्षाका लागि फाईट गर्न सक्ने हिसावले तालिम दिएको बताउनुभयो। दुई दिने तालिम सामान्य तालिम नभएको बताउदै प्रशिक्षक पौडेलले मेन्टली र फिजिकल्ली रुपमा आत्मरक्षाका लागि तयारी गराएको बताउनुभयो ।

तालिमको सहजीकरण गढवा तेक्वान्दोका किरण पौडेल र बसन्ती चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID