गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम

आलोक भावुक

गढवा, २० कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिमको सोमबार देखि सुरु भएको छ।

क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु भएको हो। गढवा गाउँपालिका वडा ५,६ र ७ का ५० जना किशोरी हरुलाई आत्मरक्षा तालिम दिन थालिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाका विद्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनुभयो।

पहिलो चरणमा ५० र केही समयपछि पुनः ५० जना गरी टोटल एक  सय जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिने कार्यक्रम तय गरिएको संयोजक शर्माले बताउनुभयो। पछिल्लो समयमा किशोरी माथी बलात्कार, यौवन हिंसा, उत्पिडन भढ्दै गैरहेकोले आपत्कालीन समयमा आफु एक्लै हुँदा समेत किशोरीहरुले आफनो आत्मरक्षा गर्न सक्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाले जनाएको छ।सिपि नेपालको सि क्रियटिज कार्यक्रम अन्तर्गत दुई दिने तालिमको सुरुवात गरेको बताउनु भयो ।

तालिमको सहजीकरण गढवा तेक्वान्दोका किरण पौडेल र बसन्ती चौधरीले गरिरहनु भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID