आज करवा चौथ,धुमधामका साथ मनाईदै

गणतन्त्रनेपाल समाचारदाता

करवा चौथ सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा प्रमुख पर्व हो । यो पर्व खासगरी भारतको पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेश र राजस्थान प्रान्तमा र फाटफुट रूपमा नेपालको तराई लगायत विश्वभरि नै मनाउने गरिन्छ ।

यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी तिथि पारेर मनाइन्छ । यो पर्वलाई विशेष गरी सौभाग्यवती पति जीवित भएकी सधवा स्त्रीहरूले व्रत सम्पादन गरेर मनाउने गर्दछन् । सामान्यतया कार्तिक महिनाको कृष्णपक्षमा पर्ने चन्द्रोदयका समयमा जुन दिन चौथी तिथि चन्द्रोदयव्यापिनी चतुर्थी पर्दछ, त्यसै दिनको विहान ब्रह्म मूहुर्त करिब बिहानको चार बजेबाट यो व्रत सुरू हुन्छ र बेलुका चन्द्रमाको दर्शन र पूजा गरेपछि व्रत सम्पन्न हुन्छ ।

करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ । यस बाहेक, करवाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाहरूले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्दछन्, यद्यपि बहुसंख्यक महिलाहरूले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्रदर्शनपछि मात्र व्रतको समापन गर्दछन् ।

नेपालमा मनाइने तीजको व्रत जस्तै यस व्रतको सम्पादनबाट पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको प्राप्ति हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । १२ वा १६ वर्षसम्म प्रत्येक वर्ष लगातार लिएपछि यस व्रतको उद्यापन  उपसंहार गर्ने नियम छ । तर कतिपय सधवा स्त्रीहरूले आजीवन यस व्रतको सम्पादन गर्ने गर्दछन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID