देउखुरीको राजपुरबाट प्रहरीले गर्यो ढाई मिटर लामो अजिंगरको उद्दार

आलोक भावुक

गढवा, १० कात्तिक। दाङ देउखुरीको राजपुर गाउँपालिकाबाट ढाई मिटर अजिंगर शुक्रबार प्रहरी र स्थानीयहरुको सहयोगमा उद्दार गरिएको छ।

शुक्रबार २ बजेर ३५ मिनेटको समयमा राजपुर गाउँपालिका वडा नम्बर – ४ भुरकेवा बाट २.५ मिटर लामो १० किलोग्राम तौल भएको अजिंगर जस्तो देखिने सर्पलाई उद्दार गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीले जानकारी दिनु भयो ।

प्रहरी निरीक्षक ओलीका अनुसार प्रेमलाल यादवको खेतमा अजिंगर जस्तो सर्प देखिएकपछी प्रहरी चौकी चगुवाबाट महाबिर चौधरीको कमाण्डमा खटेका २ जना प्रहरी जवान, राजपुर गाउँपालिका सूचना अधिकृत शरद रेग्मी ,सोहि गाउँपालिकाका एमआईएस अपरेटर अनिल यादव र स्थानीयहरुको सहयोगमा सकुसल उद्दार गरिएको हो ।

उद्दार गरेको अजिंगर जस्तो देखिने सर्पलाई सव-वन डिभिजन कार्यालय गोबरडियाका वनरक्षक दिनेश कुमार यादवको जिम्मा लगाई सोही वडा स्थित गोरक्ष सामुदायिक वनमा साँझ ४:३० बजे छाडिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID