शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा सेनाका लेस नायकको मृत्यु

गणतन्त्रनेपाल समाचारदाता

दाङ, १० कात्तिक । शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ।

दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए।

लमजुङ मध्यनेपाल नगरपालिका-९ निवासी थापा दिउसो साढे १२ बजे शौचालय जाने क्रममा करिब दुई सय मिटर तल अर्जुन खोलामा खसेको थापा मगरले बताए।

सैनिक पोष्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ।

घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID