प्यूठानमा म्याद नाघेका २ लाख बढी मूल्यका पेय पदार्थ नष्ट 

केशर सुनार

प्यूठान,३० असोज। प्यूठानमा म्याद नाघेका २ लाख बढी मूल्यका पेय पदार्थको नष्ट गरिएको छ।प्यूठानको मुख्य बजार ईलाका प्यूठान नगरपालिका वडा नं-८ बाग्दुलास्थित सृजना अडर एण्ड सप्लार्यसको गोदाममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत सरोज भन्डारी र ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी नेतृत्वमा छापा मारी २ लाख २० हजार ६ सय ४१ रुपैयाको कोल्डडिङ्क्स बरामत गरिएको साना उधोग कार्यालयका सूचना अधिकारी चम्पक श्रेष्ठले हामीलाई बताउनुभयो।

छापा मार्दा गोदामबाट ईनर्जि ड्रिङ्क २ सय ५० मिलिलिटरका १ सय २१ कार्टुन,पेप्सि 1 लिटरको ३३ कार्टुन,मेरिन्डा 1 लिटरको २६ कार्टुन, मेरिन्डा आधालिटरको ५ कार्टुन, सोडा आधा लिटर, सेभेनअप ११ कार्टुन गरी २ लाख २० हजार ६ सय ४१ रुपैयाको पेय पदार्थ बरामत गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो।

अनुगमनको क्रममा साना ब्यापारीको पसलमा म्याद सकिएका सामानहरु भेटिएपछि मुख्य गोदाममा छापा मारिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताउनु भयो।उहाँले भन्नुभयो,”चाडवाडको समयमा उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्नु हुदैन।”

बरामत गरिएका पेय प्रदार्थ प्युठान नगरपालिकाको ट्रकमा राखी नगरपालिकाको ड्याप्पिङ साइडमा नष्ट गरिएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID