दाङको घोराहीमा ग्रीन वर्गर हाउस सञ्चालन

गणतन्त्रनेपाल समाचारदाता

दाङ, २९ असोज । घोराही–१५ गणेशहल अगाडी ग्रीन बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेन सञ्चालनमा आएको छ । काठमाडौंको शाखाकारुपमा सञ्चालनमा आएको वर्गर हाउसको सोमबार एक कार्यक्रमका बीच औपचारिकरुपमा उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहागरपालिकाका मेयर नरुलाल चौधरीले रिबन काटेर वर्गर हाउसको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै मेयर चौधरीले दर्जनौ व्यक्तिलाई रोजगार दिने र ग्राहकहरुलाई नयाँ स्वादको खाना पु¥याउने उद्देश्यले सञ्चालनमा आएको वर्गर हाउस दाङबासीको लागि आवश्यक रहेको बताउनुभयो ।

उहाँले युवाहरु विदेश पलायन भैरहेको समयमा व्यवस्थित तरिकाले पूर्ण पारिवारिक वातावरणमा वर्गर हाउस सञ्चालन हुनु सुखद कुरा रहेको बताउनुभयो । युवाहरु विदेशिएको प्रसँग कोट्याउँदै घोराहीमा सञ्चालन भएको वर्गर हाउसले नेपालमा केही गर्न सकिदैन भन्नेहरुलाई गतिलो जवाफ दिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्ता जोशीले जिल्लामा नयाँ नयाँ पनसहित खुलिरहेको व्यवसायलाई स्थायित्व प्रदान गर्न संघको तर्फबाट सबै खाले सहयोग हुने बताउनुभयो । वर्गर हाउस सञ्चालक दिनेश थापाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा वर्गर हाउसका अर्का सञ्चालक रिसब पन्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासन, दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अनुप बुढामगरले गर्नुभएको थियो ।

सो अबसरमा चर्चित गायक प्रताप दास, गायिका अपेक्षा गिरी, निर्देशक जीवन शाही, स्थानीय कलाकारले आ–आफ्नो प्रस्तुती मार्फत सहभागिहरुलाई मनोरञ्जन गराउनु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID