लघुबित्त कर्मचारी मञ्च पश्चिम दाङद्वारा शिबमन्दिरमा सरसफाई

गणतन्त्रनेपाल समाचारदाता

दाङ, २८ असोज। लघुबित्त कर्मचारी मंच पश्चिम दाङद्रारा शिबमन्दिर मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

 लघुबित्त कर्मचारी मंच पश्चिम दाङले आइतबार घट्स्थापनाको अबसरमा दंगिशरण गा.पा वडा नं. ७ बाँकामा रहेको शिव मन्दिर परिसरमा सरसफाई तथा दशै शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

लघुबित्त कर्मचारी मंच दाङ पश्चिमका अध्यक्ष बिश्वानाथ भण्डारी को सभा-अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीमा दंगिशरण गा.पा का अध्यक्ष शम्भु गिरि रहनु भएको थियो भने अतिथीहरुमा दंगिशरण गा.पा वडा नं. ७ का वडा अध्यक्ष रेशम वलि शिवमन्दिर व्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर डांगी, दंगिशरण गा.पाका जेष्ठ नागरिक मंचका टिकाराम डांगी, शिवमन्दिर का पुजारी लाल गिरि,

पतन्जली योग समिती शान्ती नगरका अध्यक्ष निम बहादुर खडका, दंगिशरण गा.पा कानुनी सल्लाहकार भिमकान्त भट्टराई ,महिला सामुदायिकका वनका सदस्य खुमा बोहरा, समाजसेवि मधु चौधरी, समाज सेवि मादब डांगी,समाज सेवि गोबिन्द डांगी, दंगिशरण गा.पा का प्रेस संयोजक प्रमोद आचार्य, लघुबित्त कर्मचारी मंच पश्चिम दाङका १३ वटा लघुबित्त का शाखा प्रमुख तथा कर्मचारी र स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।

 

 

 

कार्यक्रम का प्रमुक अतिथी रहनु भएका शम्भु गिरिले दशै सुभकामना बोल्दै गाउँ घरका दिदिबहिनीहरु लाई बचत गर्ने बानीको बिकाश गराउदै, कर्जा प्रबाह गरि महिलालाइ उधमशिल बनाउन लाई मात्र नभई सामाजिक कार्यमा लघुबित्तले ठूलो भुमिका खेल्दै आएको कुरा बताउनु भएको थियो भने कार्यक्रमको सहजीकरण अभियान लघुबित्त दंगिशरण दाङ का शाखा प्रमुख दुर्गालाल बिश्वकर्माले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID