आफ्नो समुदायको पहिचान जोगाउन सक्रिय रहनु पर्छ- उपप्रमुख योगी

प्रिया स्मृती गजमेर

दाङ, २७ असोज। लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आफ्नो समुदायको पहिचान जोगाउने गरि सक्रिय रहन आग्रह गर्नु भयो । हरेक जातजातिले आफ्नो पहिचान खोजी रहेको बेला कुमाल समुदायले पनि यो बाटो पछ्याउन सके आफ्नो समुदायको इतिहास जोगाउन सकिन्छ, आफ्ना पुर्वजहरुको साख जोगाउन सकिन्छ”- उपप्रमुख योगीले भन्नू भयो ।

सामाज निर्माण गर्ने शिलसिलामा शिक्षाको पनि खाँचो हुने भएकोले आफ्ना बालबालिकालाई विद्यालय पठाउन पनि योगीले सबै कुमाल समुदायलाई आग्रह गर्नु भएको छ । राज्यले उच्च शिक्षासम्म पठनपाठन निशुल्क गराएको छ, यो मौकाको फाइदा लिनु पर्छ”- उहाँले भन्नू भयो ।

शिक्षा, स्वास्थ्य र रोजगारमा जोडिएर अगाडी बढ्नुहोस, लमही नगरपालिकाले कहाँनेर के सहयोग गर्नु पर्छ त्यो सहयोग गर्न हामी तयार छौं”- योगीले भन्नू भयो ।

नेपाल कुमाल समाज दाङको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो ।

नेपाल कुमाल समाज दाङका अध्यक्ष रामलाल कुमालको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल कुमाल समाज दाङका उपाध्यक्ष रचना कुमालले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थापक सदस्य दिल बहादुर कुमालले सहजीकरण गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID