स्वर्गीय लेखनाथ पौडेलद्धारा लिखित अन्त्यकर्म पद्धति पुस्तकको विमोचन

गणतन्त्रनेपाल समाचारदाता

घोराही, २७ असोज। । स्वर्गीय लेखनाथ पौडेलले लेखेको अन्त्यकर्म पद्धति पुस्तकको शनिबार घोराहीमा विमोचन गरिएको छ ।

कर्मकाण्ड विधिलाई सरलिकृत गरेर तयार पारिएको पुस्तकको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । घोराही–४ सुनपुर निबासी सेवा निबृत्त शिक्षक समाजसेवी लेखनाथ पौडेलको २०७८ साल बैशाखमा निधन भएको थियो । पुस्तक विमोचन कार्यक्रममा संविधानसभाका सदस्य नारायण शर्मा पौडेलले लेखनाथ पौडेलको समाजिक योगदानको कदर चर्चा गर्दै सामाजिक व्यक्तीको रुपमा परिचय बनाएकोले उहाँबाट अनुशरण गर्ने विषय धेरै रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता कृष्ण किशोर घिमिरेले पौडेलका कलाकृतिले उहाँलाई सधै जिवन्त राख्ने बताउनुभयो । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस दाङका पूर्व क्याम्पस प्रमुख दिवाकर शर्मा, स्वर्गीय लेखनाथ पौडेलका भाई रमण पौडेल, ज्वाईँहरु बासुदेव गौतम, केशव लामिछाने, मधुसुदन गौतम, दामोदर सुवेदी, दाजु भुवन पौडेल, छोरी सरला गौतम, समकक्षी गिरीराज अधिकारी, साहित्यकार शंकर पौडेललगायतले समाजिक एवं शैक्षिक क्षेत्रमा लेखनाथ पौडेलले गरेको योगदानको चर्चा गरेका थिए ।

स्वर्गीय लेखनाथले तयार पारेको सामाग्रीलाई कृतिका रुपमा पौडेल परिवारको तर्फबाट प्रकाशनमा ल्याइएको हो । स्वर्गीय लेखनाथ पौडेलका यस अघि दुई वटा कर्मकाण्ड सम्बन्धी पुस्तक प्रकाशन भईसकेका छन ।

सत्यनारायण कथा तथा लक्षवर्तिका पूजा विधि र रुद्राभिषेक पुजा तथा नव ग्रह र जलदानसहित प्रकाशन भईसकेका छन । छोरा केशव पौडेलले वैशाखमा पुण्य तिथिको अवसर पारेर स्मारिका प्रकाशनको तयारी पनि गरिरहेको जानकारी दिनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID