गढवामा सुस्त मनस्थिति की युवती फेला

स्वास्थ्य परीक्षणका लागि ईप्रका गढवाले घोराही पठायो

आलोक भावुक

गढवा, २४ असोज । दाङको गढवा गाउँपालिका वडा नम्बर ६ गढवा बजारमा अन्दाजी १९-२० वर्षकी मानसिक सन्तुलन खासै ठिक नभएको चौधरी समुदायको जस्तो देखिने नामथर बताउन नसकिने युवती बेवारिसे अवस्थामा फेला परेकी छन्।

गढवा बजार आसपासमा क्षेत्रमा रहेकी ति युवती हिड्डुल गर्दै इलाका प्रहरी कार्यालय गढवाको प्रवेश द्वारमा आएपछी इलाका प्रहरी कार्यालय गढवाले सोधपुछ गर्दा डराएको जस्तो तर केही पनि बोल्न नसकेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख नविन ओलीले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय गढवाले गढवा गाउँपालिका संग समन्वय गरी स्वास्थ्य चेकजाँचका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पठाएको इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली जानकारी दिनु भयो।

चौधरी समुदायको जस्तो देखिने ति युवतीको मानसिक सन्तुलन खासै ठिक नभएको जस्तो देखिएकोले पहिचान गर्नु हुने जो कोहीले पनि इलाका प्रहरी कार्यालय गढवा सम्पर्क गर्नु अनुरोध समेत गर्नु भयो। सम्पर्कका लागि ९८५७८९००८१ मा फोन गरेर जानकारी गर्नु हुन अनुराेध गर्दछौ

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID