‘पूर्णा’ (२०१७):- साहसकाे कुनै सीमा हुँदैन

सिनेमा चर्चा

प्रभाष

 

उसे गुमां हैं मेरी उड़ान कुछ कम हैं
मुझे यकीं हैं की ये आसमां कुछ कम हैं

‘पूर्णा’ एक तेह्र बर्षिया आदिवासी बालिका पूर्णाकाे साहस, समर्पण, सङ्घर्ष र सफलताकाे कथा हाे।

याे फिल्म दक्षिण भारतकाे तेलङ्गना राज्यकाे एक गरिब आदिवासी परिवारमा जन्मिएकी तेह्र बर्षिया बालिका मलावथ पूर्णाकाे जीवनीमाथि आधारित छ।

एक गरिब आदिवासी परिवारमा जन्मिएकी पूर्णाले कसरी आर्थिक, पारिवारिक, सामाजिक, शारीरिक, मानसिक लगायतका अनेकाैं प्रतिकूलताहरुसंग जुधेर विश्वकाे सर्वाेच्च शिखर (Mount Everest) काे सफलतापूर्वक आराेहण गरि आफुलाई सिद्ध गर्छिन्, यही फिल्ममा देखाइएकाे छ।

पूर्णाकाे पारिवारिक पृष्ठभूमि र जीवन, घरदेखि भागेर सरकारी आदिवासी स्कुलमा उनकाे प्रवेश, इमानदार सरकारी अधिकारी आर.एस.प्रवीण कुमारसँग उनकाे भेट, पर्वताराेहणसँग उनकाे साक्षात्कार, त्यसपछि पर्वतारोहणका लागि उनले देखाएकाे क्षमता, साहस, समर्पण र मेहनतकाे वरिपरि फिल्मकाे कथावस्तु घुमेकाे छ। उनकाे शारीरिक मेहनत, ढृढता, आशा, निराशा, उदासीनता, मानसिक उतरचढाव र आत्मबललाई फिल्ममा गहिराेसँग अंकित गरिएकाे छ।

पूर्णाकाे क्षमतालाई पहिचान गरि प्रस्फुटित गर्ने, उनकाे क्षमतालाई निखार्ने वातावरण तयार पार्ने काम इमानदार सरकारी अधिकारी आर.एस.प्रवीण कुमारले गर्छन्। उसैले पूर्णालाई विश्वकाे सर्वाेच्च शिखर (Mount Everest) काे आराेहण गर्नका लागि प्रेरित गर्छन्, तयार पार्छन् र साे काे सम्पूर्ण प्रबन्ध पनि उसैले मिलाउँछन्। पूर्णा ‘nervous breakdown’ भएकी बेला आफ्नी दिदी प्रियालाई सम्झिने गर्छिन् र उनीबाट प्रेरणा लिने गर्छिन्।

यस फिल्मले देखाउँछ कि भारतकाे गरिब आदिवासी समाजभित्र पूर्णा जस्ता विलक्षण क्षमता भएका असंख्याैं प्रतिभाहरु लुकेर रहेका छन्। राज्यकाे हात उनीहरुसम्म नपुगिदिदाँ अवसर र उद्वारकाे अभावमा उनीहरु जीवनमा अघि बढ्न सकिरहेका छैनन्, समाजलाई केही गरेर देखाउन सकिरहेका छैनन् जसका कारण उनीहरु गरिबी, अन्धविश्वास, पछाैटेपन, बालविवाह लगायतका कुरितिहरुभित्र फसेर नष्ट भइरहेका छन्। उनीहरुकाे पहिचान गरि उनीहरुकाे प्रतिभालाई निखार्ने र प्रस्फुटन गर्ने वातावरण सिर्जना गर्न सके उनीहरुले आफुलाई मात्र हाेइन, देशलाई नै नयाँ उचाइमा पुर्‍याउन सक्छन्।

देशभित्र लुकेर रहेका पूर्णाहरुलाई खाेज्न र प्रकाशमा ल्याउन आर.एस.प्रवीण कुमारजस्ता सहृदयी, इमानदार र मानवीय भावनाले ओतप्राेत सरकारी अधिकारीहरुकाे आवश्यकता छ जसले सिस्टमकाे खराबीहरुसँग जुधेर भए पनि पूर्णाहरुलाई उनीहरुकाे लक्ष्यसम्म पुर्‍याउन्।

यस फिल्मले पूर्णाकाे आन्तरिक र बाह्य दुवै खाले प्रतिकूलता र सङ्घर्षकाे चित्रण गरेकाे छ। फिल्मले पूर्णाकाे सङ्घर्ष र साहसकाे मात्र हैन, दिदी-बहिनी अनि गुरु-शिष्य बीचकाे भावनात्मक सम्बन्धकाे कथा पनि भन्छ।

साहसकाे कुनै सीमा हुदैन। यदि साहसलाई प्राेत्साहन गर्ने वातावरण भएमा तेह्र बर्षिया बालिकाले पनि विश्वकै सर्वाेच्च शिखरभन्दा अग्लाे उचाइलाई छुन सक्छिन्। भारतकाे पिछडिएकाे समाजभित्र पूर्णाजस्ता अपार सम्भावना र असीमित साहस बाेकेका असंख्याै प्रतिभाहरु छन्। राज्यका निकायका जिम्मेवार अधिकारीहरुले तिनीहरुलाई खाेजी गर्ने, पहिचान गर्ने र दुनियाँका सामु प्रकट गर्ने इमानदार प्रयत्न गर्नुपर्छ।

यस फिल्ममा पूर्णाकाे शीर्ष चरित्र अदिति इनामदारले निभाएकी छिन्। उनी नै यस फिल्मका केन्द्रीय चरित्र हुन् अनि उनले पूर्णाकाे रुपमा शानदार अभिनय गरेकी छिन्। उनले पूर्णाकाे चरित्रलाई जिएकी छिन्। यस फिल्मकाे लागि उनी २०९ जना बालिकाहरुमध्येबाट छानिएकी थिइन्। फिल्ममा आर.एस.प्रवीण कुमारकाे चरित्र भारतीय सिनेमाकाे ‘हिडेन जेम’ भनिने अभिनेता राहुल बाेसले निभाएका छन्। उसले पनि आफ्नाे चरित्रमा प्राण भरिदिएका छन्। यस फिल्मकाे निर्माण तथा निर्दैशन उसैले गरेका हुन्। राहुल बाेसले चार महिनामा आफैले फण्ड जुटाएर यस फिल्मकाे निर्माण गरेका थिए। यस फिल्मलाई रियल लाेकेसनमा अर्थात् पूर्णा हुर्किएकाे गाउँ पकालामै शूटिङ गरिएकाे थियाे।

समग्रमा, फिल्म ‘पूर्णा’ सुन्दर, कलात्मक, हृदयस्पर्शी र प्रेरणादायी छ। बलिउडमा यस्ताे फिल्म कमै बन्ने गर्छन्। बलिउडमा कमै मात्रामा यस्ता फिल्महरु हेर्न पाइन्छ। ‘पूर्णा’ जस्ता फिल्महरु नै हुन् जसले बलिउडकाे शाखलाई अहिलेसम्म जाेगाइराखेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID