गढवाको वडा नम्बर तिनमा प्रारम्भिक सहकारी भेला सम्पन्न

आलोक भावुक

गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि आज शुक्रबार वडा नं ३ मा प्रारम्भिक सहकारी भेला सम्पन्न भएको छ।

गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा भेला सम्पन्न भएको हो। सुपैला पश्चिमी उद्यमी महिलाका अध्यक्ष शोभा रावत क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको र ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आर्थिक अवस्था कमजोर भएका परिवारका महिलाहरु लाई यो कार्यक्रम सामेल गरी आर्थिक रुपमा सक्ष्म बनाउने लक्ष्यका साथ अघि बढाएको बताउनुभयो। भिटा परियोजनाका गढवा गाउँपालिकाको सबै भन्दा ठुलो परियोजना भएको बताउदै अध्यक्ष पोख्रेलले भिटा परियोजनाका साढे पाँच करोड रूपैयाँ बिनियोजन गरेको बताउनु भयो । साथै गढवा गाउँपालिका संग साझेदारी गरेको हेफर प्रोजेक्ट नेपाल झण्डै ढाई करोड रुपैयाँ लगानी गरेको जानकारी दिनु भयो ।पालिकाले करोडौ रुपैयाँको लगानी बाट ठुलो आस लिएको बताउदै सम्पूर्ण गढवा गाउँपालिका दिदिबहिनीहरुको अनुहारमा खुसी ल्याउने बताउनुभयो। यस भिटा परियोजना बाट उद्यमी बनाई आत्मनिर्भर बनाउने, आम्दानी बढाएर महिला दिदिबहिनीहरुको आर्थिक जीवन उकास्न चाहेको बताउनुभयो। आर्थिक उन्नतीले मात्र सबै पुर्ण नहुने बताउदै मानवीय सोच पनि परिवर्तन हुनु पर्ने बताउनु भयो । आधारशिला तालिमले हाम्रो सोच परिवर्तन गर्ने र सहयोगको भावना जागृत भई बैचारिक र व्यवहारीक रुपमा धेरै ठुलो परिवर्तन आउने अध्यक्ष पोख्रेलले बताउनुभयो।

त्यसैगरी प्रारम्भिक सहकारी भेलालाई सम्बोधन गर्दो गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसी राम अधिकारीले आर्थिक बिकाश संगै मानविय बिकाश हुन आवश्यक रहेको बताउनुभयो। पालिकाले बनाउन लागेको पालिका स्तरीय सहकारी नमुना सहकारी बन्ने बताउदै कृषि र पशुपालनमा यो परियोजनाले ठुलो फड्को मार्ने बताउनुभयो। साथै अन्य बित्तिय संस्था जस्तो नभई पालिका स्तरीय सहकारी बिस्वासिलो, भरपर्दो र दिर्घकालिन हुने भएको शंका उपशंका नगर्न सबैमा अनुरोध समेत गर्नु भयो।

कार्यपालिका सदस्य चन्द्रा केसी, ३ नम्बर वडा सदस्य प्रमिला नेपाली, भिटा परियोजना परियोजना संयाेजक वसन्त कुमार शर्मा, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, प्रकृति उध्दमी महिला समुहकी अध्यक्ष दिपा पुन मगर (सिमा), लालिगुरास महिला उद्धमी समूहका अध्यक्ष सिता चौधरी, वडा नम्बर ३ मा गठित मुल समूह तथा उपहार समुहहरुका सदस्यहरुको उपस्थित रहेको थियो।

प्रकृति उध्दमी महिला समुहकी अध्यक्ष दिपा पुन मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण भिटा परियोजनाका उध्दम विकास सहजकर्ता कैलाश चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID