समावेशी प्यानलका उमेदवारहरुका कारण जोगियो काटिन लागेको अपांग संघको बत्ती

गणतन्त्रनेपाल समाचारदाता

घोराही । घोराही–१४ झिंगौरास्थित अपांग संघको काटिन लागेको बत्ती साझा समावेशी व्यवसायीक प्यानलका कारण जोगिएको छ । संघको आर्थिक अवस्था नाजूक भएका कारण महिनौ देखि बत्तीको बिल तिर्न नसक्दा संघको बत्तीको लाइन नेपाल विद्युत प्राधिकरणले काट्ने तयारी गरेको थियो ।

बत्ती काट्नका लागि प्राधिकरणले कर्मचारी समेत संघमा पठाएको समयमा समावेशी व्यवसायीक प्यानलका उमेदवारहरुले बत्तीको बिल आफूहरुले तिरिदिने भनेपछि प्राधिकरणको कर्मचारी संघबाट फर्किएको थियो । बत्तीको बिल तिर्नका लागि शुक्रबार समावेशी व्यवसायीक प्यानलको तर्फबाट संघलाई १२ हजार ५ सहया सहयोग गरिएको छ । समावेशी व्यवसायीक प्यानल प्रचारप्रसार समितिका संयोजक सविन प्रियासन, बाणिज्य उपाध्यक्षका उमेदवार राजभक्त राना, प्यानललाई नै निर्वाचित गराउन बजार प्रचारको कमाण्ड सम्हाल्नुभएका दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले संयुक्तरुपमा संघका सहसचिव बसन्तराज भट्टलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । सहयोग रकम ग्रहण गर्दै सहसचिव भट्टले सहयोग गर्ने साझा व्यवसायीक प्यानललाई धन्यवाद ज्ञापन गर्नुभएको छ । सामाजिक सेवालाई समेत उच्च प्राथमिकता दिएको समावेशी व्यवसायीक प्यानलका वाणिज्य उपाध्यक्ष पदका उमेदवार राजभक्त रानाले आफूहरुले कसैलाई प्रभाव पार्नका लागि नभएर संघको आर्थिक अवस्थालाई मध्यनजर गर्दै बत्ती काटिदा त्यहाँ बसोबास गर्ने अशक्त बालबालिकाहरुलाई समेत गम्भीर असर गर्ने भएकाले बत्तीको रकम सहयोग गरेको बताउनुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज १३ गते निर्वाचन हुँदैछ । साझा समावेशी व्यवसायीक प्यानलले केही दिन अगाडी अपांग संघ झिंगौराबाटै त्यहाँ बसोबास गर्ने अशक्त बालबालिकाहरुलाई सहयोग गरेर प्रचार अभियान सुरु गरेको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID