महिलाहरुमा इमानदारीता हुन्छ पालिका स्तरीय सहकारी महिलाहरुले चलाउछन् : उपाध्यक्ष चौधरी

आलोक भावुक

गढवा, ११ असोज। महिलाहरुमा बढी इमानदारीता हुने गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ। गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि आज विहिवार वडा नं ४ गंगाप्रसपुरमा भएको प्रारम्भिक सहकारी भेलालाई सम्बोधन गर्दै गढवा गाउँपालिका उपाध्यक्ष चौधरीले पालिका स्तरीय सहकारी महिला दिदिबहिनीहरुले चलाउनु पर्ने बताउनुभयो।

महिलाहरुमा इमानदारीता भएको बताउदै उपाध्यक्ष चौधरीले महिला लक्षित कार्यक्रमको थालनी गरेको बताउनु भयो। महिलाहरु भएको सहकारीमा भ्रष्टाचार नहुने बताउदै उपाध्यक्ष चौधरीले पछिल्लो अवस्थामा सहकारी खोल्दै र पैसा असुल गर्दै हिसाल किताव मिलाउन नसक्ने अवस्था पुगेको स्मरण गर्दै गढवा गाउँपालिकाले सञ्चालन गर्ने पालिका स्तरीय सहकारी महिलाहरुले चलाउनु पर्ने र महिलाहरु चलाउदा भ्रष्टाचार नहुने र सफल हुने बताउनु भयो ।

सहकारीको निति नियम बिधि बिधान फरक भएको बताउदै सहकारीको नियमसंगत काम गरे अवश्य सफल्ता मिल्ने बताउनुभयो। पालिकाले खोल्ने सहकारी एकदमै फरक र उत्कृष्ट काम गर्ने बताउनु भयो। सहकारीमा लागेका महिलाहरु आजको समयमै राजनीतिमा सक्रिय भएको बताउदै सहकारीमा तन मन बचनले लाग्दा ब्यक्तित्व विकाश हुने र थप ज्ञान प्राप्त हुने जानकारी दिनु भयो।

आफु पनि सहकारीमा लामो समय काम गरेको स्मरण गर्दै उपाध्यक्ष चौधरीले सहकारी संस्थाबाट बौद्धिक विकास हुने र भोलीका दिन थप सफल य उर्जावान हुने बताउनु भयो ।

गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा प्रारम्भिक सहकारी भेला सम्पन्न भएको हो।

नव ज्योति उध्धमी महिला समूहकी अध्यक्ष सिता न्योपानेको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ४का वडाध्यक्ष हरिभगत चौधरीको बिशिस्ट आतिथ्यमा भेला सम्पन्न भएको हो।

भेलामा ४ नम्बर वडा सदस्य तथा कार्यपालिका सदस्य रमा भण्डारी, ४नं.वडा सदस्य टुकमान कवंर, कौशिल्यादेवी बिश्वकर्मा, त्यसैगरी भिटा परियोजनाका परियोजना संयोजक बसन्त कुमार शर्मा, उद्यम विकास सहजकर्ता कैलाश चौधरी, बाबु राम यादव लगाएतको उपस्थिति रहेको थियो।

जमुना खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण भिटा परियोजनाका उध्दम विकास सहजकर्ता कैलाश चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID