राप्तीमा तीन सय बढी माेति विन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

तुल बहादुर कवँर मगर

उखुरी ११ असाेज। राप्ती गाउँपालिकामा असाेज नाै गते देखि सञ्चालित तीन दिने आँखा अप्रेसन शिविरमा तीन सय बढी माेति विन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया गरिएको छ।

तिलगंगा आँखा अस्पताल काठमाडौंकाे शाखा कार्यालय तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती गाउँपालिका-५ सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिका दाङकाे समन्वयमा उक्त शिविर सञ्चालन भएको थियो ।

गत भदौ महिनाकाे २३ गतेदेखि असाेज ७ गते सम्म राप्ती गाउँपालिका दाङ सँगै गढवा,प्युठानकाे सरुमारानी ,बाँकेको राप्ती साेनारी गाउँपालिकाका र अर्घाखाँचीकाे सितगंगा नगरपालिकाका विभिन्न २३ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविर बाट छनाेट भएका ३ सय १७ जना माेति विन्दु भएका आँखाका बिरामीहरुकाे शिविरमा शल्यक्रिया गरिएको आँखा केन्द्र सिसहनियाँका इन्चार्ज बिमल बहादुर बिसीले जानकारी दिनु भएको छ।

तिलगंगा आँखा अस्पताल काठमाडौंका डाक्टर श्याम व्यास नेतृत्वको पाँच जना डाक्टरहरुको टाेलीले बिरामीहरुकाे आँखाको शल्यक्रिया गरेकाे हाे।

आँखा केन्द्र सिसहनियाँले गत वर्षको चैत्र महिनामा पनि ३ सय १४ जना माेति विन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया गरेको इन्चार्ज बिसीले बताउनुभयो । यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखाका बिरामीहरुलाई घर आगनमै सेवा दिने उदेश्यले शिविर सञ्चालन गरेको बताउनु भएकाे छ।

त्यस्तै उहाँले निःशुल्क शिविरले जनतामा स्थानीय सरकार रहेकाे प्रत्याभूति समेत गराएको बताउनुभयो ।

पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले आँखा शिविरले नागरिकहरुकाे पैसा र समय दुबैकाे बचत भएकाे बताउनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID