गढवा, ६ असोज। लायन्स क्लब अफ गढवाको चार्टर पेपर हस्तान्तरण कार्यक्रम आज सनिवार गढवा-५ कक्रहवामा रहेको होटेल क्रिसमा सम्पन्न भएको छ । लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकन्त पन्तको अध्यक्षता तथा संघिय सांसद तथा पुर्व सहरी बिकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्य तथा लायन्स क्लबका डिस्ट्रीक गर्भनर मुकुल ढकालको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
चार्टर पेपर हस्तान्तरण कार्यक्रम बोल्दै संघिय सांसद तथा पुर्व सहरी बिकास मन्त्री मेटमणी चौधरीले लायन्स क्लबले संसारभरी ने स्वास्थ्यको क्षेत्रमा धेरै सरहनिय कामहरु गरेको बताए । लायन्स क्लब अफ गढवामा बिभिन्न युवा व्यक्तित्वहरु लाई जोडिनु राम्रो पक्ष भएको बताउदै जनताको हरेक सुख दुखमा सामेल हुदै सुख दुखमा सहयोग गर्ने अपेक्षा आफुले लिएको बताउनुभयो। लायन्स क्लबले हिजोका दिन लाई भुलेर बर्तमान समयमा समय सापेक्ष अन्तर्राष्ट्रिय स्तरकासोच बिकास गर्नु पर्ने बताउनुभयो। नेपालमामा लायन्स क्लबको प्रवेश सन १९७१ मा विराटनगरबाट पूर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालाको अध्यक्षतामा बिराटनगर लायन्स क्लब बाट भएको स्मरण गर्दै भन्नु भयो – ‘काठमाण्डौमा १९७२ मा लायन्स क्लब काठमाण्डौको स्थापना बाट शुरु भएको हो’अहिले नेपालका विभिन्न क्षेत्रमा लायन्स क्लबले सेवा दिँदै आएको र शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा गरेको कार्यहरु अतुलनीय रहेको बताउनु भयो।
त्यसैगरी चार्टर पेपर हस्तान्तरण कार्यक्रम बोल्दै कार्यक्रमका बिशिस्ट अतिथी तथा डिस्ट्रीक गर्भनर मुकुल ढकालले लायन्स क्लब मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्था भएको बताउदै आफ्नो प्रतिभा अथवा क्षमतालाई प्रयोग गरि राष्ट्रलाई सुरक्षित र स्वतन्त्र राख्न अग्रसर हुनु नै लायन्स हो भनेर व्याख्या गर्ने गरिन्छ र “हामी सेवा गर्छौ” भन्ने मुल नारा लिएर विश्वका अधिकांश मुलुकमा लायन्सले काम गर्ने गरेको बताउनु भयो । लायन्स क्लबको बारेमा जानकारी गराउदै चार्टर भन्नाले संस्थापक भन्ने बुझिन्छ र सदस्य बनेको ९० दिन भित्र चार्टर सदस्य बन्न सक्ने प्रावधान रहेको बताउनुभयो । बार्षिक ४६ डलर शुल्क तिर्नु पर्ने बताउदै गर्भनर ढकालले जुलाई २३ र जनवरी २३ गरी बार्षिक २ पटक रकम तिर्नु पर्ने लायन्स क्लबको नियम रहेको जानकारी दिनु भयो।
चार्टर पेपर हस्तान्तरण कार्यक्रममा फस्ट डिस्ट्रीक गर्भनर बिनोद कुमार श्रेष्ठ, एरिया चिफ भिमसेन गिरी, लायन्सका सदस्य भेषराज पाण्डे, अञ्चल चियर पर्सन तारा प्रसाद पोख्रेल, त्यसैगरी घन श्याम सुबेदी, किशोर भण्डारी, कुलदिप गौतम्, गिरिजा देवी न्योपाने, गोरख वली, इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली, गढवा उद्योग बाणिज्य संघका कोषाध्यक्ष खुमानन्द पोख्रेल, पत्रकार शिवराज पन्थी, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक,लायन्स क्लबका सदस्यहरु शिवा खनाल, राधा पाण्डेय, सुलोचना गिरी, सुस्मा अधिकारी, मधु प्रसाद न्यौपाने, हेम कुमार जिसी लगायतकाको उपस्थिति रहेको थियो।
नवराज देवकोटाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ गढवाका सचिव ओमप्रकाश बसेलले गर्नु भएको थियो ।