पोख्रेल नेतृत्वको समावेशी व्यवसायीक प्यानल निवार्चनमा होमियो

सविन प्रियासन

दाङ ५ असोज । यही असोज १३ गते हुन लागि रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचमा व्यवसायीक सुरक्षा, व्यापारमा सुधार, विकास अनि समृद्धिका लागि दाङ जिल्ला उवासंघको साझा, समावेशी व्यवसायीक प्यानल ! भन्ने मूल नारा बनाएर रामप्रसाद पोख्रेल नेतृत्वमा बनेको साझा, समावेशी, व्यवसायीक प्यानल निर्वाचनमा होमिएको छ । शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी साझा, समावेशी व्यवसायीक प्यानल निर्वाचनमा होमिएको हो ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा विप्लव, नेकपा मशाल निकट र अन्य क्षेत्र र वस्तुगत व्यवसायीहरु सहभागिता रहेको साझा, समोवदी व्यवसायीक प्यानलको अध्यक्षमा रामप्रसाद पोख्रेल, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र पुन मगर, उद्योग उपाध्यक्षमा ध्रुवकुमार गहतराज, वाणिज्य उपाध्यक्षमा राजभक्त राना, महासचिवमा शालिकराम खनाल, सचिवमा भिमसेन डिसी, कोषाध्यक्षमा प्रेमबहादुर बुढा मगर, सहकोषाध्यक्षमा यादव श्रेष्ठ, उद्योग सदस्यमा सन्तोष नेपाली, महिला सदस्यमा देबकला बस्नेत, बस्तुगत सदस्यमा ओमप्रकाश पोख्रेल, एशोसियट सदस्यमा गणेश दाहाल, वाणिज्य सदस्यहरुमा रण बिक्रम चन्द, राजकुमार गुप्ता, सुशील आचार्य, कृष्णबहादुर कुवँर, अर्जुन पन्थी, रेवन्त कुमार श्रेष्ठ, सञ्जय विश्वकर्मा र शेरबहादुर पुन उमेदवार बन्नु भएको छ । उहाँहरु सबैलाई कार्यक्रममा सहभागि नेकपा एमालेका प्रदेश सचिव लक्ष्मण आचार्य, दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत, राप्रपाका जिल्ला सचिव त्रिभुवन थापा, नगर अध्यक्ष गोविन्द गिरी, नेकपा मशालका जिल्ला सचिव रामबहादुर जिएम, लिलाबहादुर पुन (लालध्वज)लगायतकाले अग्रीम बिजयको शुभकामना दिँदै हौसला बढाउनु भएको थियो । सो अबसरमा नेकपा एमालेका प्रदेश सदस्य एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसालले हालसम्मको तयारी एवं गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो, संघका पूर्व अध्यक्ष एवं एमाले नि. प्रदेश सदस्य ध्रुवराज श्रेष्ठ भारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नेकपा एमाले दाङका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख सविन प्रियासनले गर्नु भएको थियो ।

व्यवसायीक सुरक्षा, व्यापारमा सुधार, विकास अनि समृद्धिका लागि

दाङ जिल्ला उवासंघको साझा, समावेशी व्यवसायीक प्यानल !

अध्यक्ष – रामप्रसाद पोख्रेल

वरिष्ठ उपाध्यक्ष – दिपेन्द्र पुन मगर

उद्योग उपाध्यक्ष – ध्रुवकुमार गहतराज

वाणिज्य उपाध्यक्ष – राजभक्त राना

महासचिव – शालिकराम खनाल

सचिव – भिमसेन डिसी

कोषाध्यक्ष – प्रेमबहादुर बुढा मगर

सहकोषाध्यक्ष – यादव श्रेष्ठ

उद्योग सदस्य – सन्तोष नेपाली

महिला सदस्य – देबकला बस्नेत

बस्तुगत सदस्य – ओमप्रकाश पोख्रेल

एशोसियट सदस्य – गणेश दाहाल

वाणिज्य सदस्य – रण बिक्रम चन्द

वाणिज्य सदस्य – राजकुमार गुप्ता

वाणिज्य सदस्य – सुशील आचार्य

वाणिज्य सदस्य – कृष्णबहादुर कुवँर

वाणिज्य सदस्य – अर्जुन पन्थी

वाणिज्य सदस्य – रेवन्त कुमार श्रेष्ठ

वाणिज्य सदस्य – सञ्जय विश्वकर्मा

वाणिज्य सदस्य – शेरबहादुर पुन

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID