संविधान दिवसकाे अवसरमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

१६० बढीले लिए स्वास्थ्य सेवा

तुल बहादुर कवँर मगर

देउखुरी,२असाेज २०८०।संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा स्त्रीरोग सम्बन्धी नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने राेग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

राप्ती गाउँपालिका दाङको समन्वयमा सम्पन्न स्वास्थ्य शिविरमा स्त्रीरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य चेकजाँच, नसर्ने राेग सम्बन्धी जनचेतना प्रदान गर्नुकाे साथै मधुमेह जाँच सम्बन्धी ल्याब सेवा सञ्चालन गरिएको थियो ।

शिविरमा १६७ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए भने उनीहरूलाई नि:शुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।

 

शिविरमा राप्ती विज्ञान प्रतिष्ठान दाङका एमडीजिपी डाक्टर उमाकान्त तिवारी ,राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावत,हेल्थ असिस्टेन्ट प्रदिप पुडासैनी,
पदम प्रसाद पाैडेल,अहेब शिवकुमार चाैधरी,ल्याब टेक्निसियन हेमराज चाैधरी लगायतकाे टाेलीले स्वास्थ्य चेकजाँच गर्नुभएको थियो ।

यसैबीच शिविरको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थी र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्तरूपमा ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बाेल्दै स्वास्थ्य सचिव डाक्टर पन्थीले जनताहरुलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले शिविरकाे आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय सरुवा राेग सँगसँगै नसर्ने राेग पनि बढ्दो क्रममा देखिएकाले खानपान तथा जीवनशैलीमा सुधार गर्न अवश्यक रहेको बताउनुभयो ।

राेग लागेर उपचार गर्नु भन्दा राेग लाग्नै दिनु हुँदैन,अध्यक्ष विष्टले भन्नू भयो – “कतिपय राेग लाग्यो भने लाखौं रकम खर्च गरे पनि निकाे हुदैन।राेग लाग्नबाट बच्न समयमै खानपान सँगै जीवनशैलीमा सुधार गर्न अवश्यक छ।”

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID